सुस्ताका ६० बाढीपीडित परिवारलाई त्रिपाल वितरण

नवलपुर टुडे

सारांश
नवलपरासी, भदौ २२ । बाढी तथा नदी कटानबाट प्रभावित पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका-५, थारूटोलका ६० घरपरिवारलाई राहतस्वरूप त्रिपाल वितरण गरिएको छ । महान दर्शन नेपाल, सुनवल-१२ भूमहीले सुस्ता-५ स्थित अनोमाघाट (ठाडीघाट) मा प्रभावित परिवारलाई प्रतिपरिवार एक-एक थान त्रिपाल वितरण गरेको स्थानीय मुन्सी कुमार हरिजनले जानकारी दिनुभयो ।
‘संस्थाका’ अध्यक्ष राजेन्द्र बस्नेतका अनुसार बाढी तथा विपद्का कारण बिचल्लीमा परेका परिवारलाई तत्काल आवश्यक राहत उपलब्ध गराउँदै उनीहरूको कठिन परिस्थितिमा केही राहत पुर्याउने उद्देश्यले त्रिपाल वितरण गरिएको आयोजकले जनाएको छ ।
सुस्ता-४ जरलैया युवा क्लबका सचिव तथा समाजसेवी धिरज गुरुङ र सुस्ता-५ का मुन्सी कुमार हरिजनको समन्वय तथा सुस्ता सामुदायिक विपद् व्यवस्थापन समितिका अध्यक्ष कमल हरिजनको उपस्थितिमा पीडित परिवारलाई उक्त राहत सामग्री हस्तान्तरण गरिएको थियो। वर्षाको समयमा हुनसक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै गरिएको यो सहयोगले स्थानीय बाढीपीडितहरूलाई केही हदसम्म सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ ।
तस्बिर ः थारु टोलका सुस्ताबासीलाई राहतस्वरूप त्रिपाल वितरण


पत्रकारतिामाथिको हस्तक्षेप विरुद्ध छठपछि सरकार विरुद्ध सशक्त आन्दोलन गर्ने उद्धघोष : अध्यक्ष शर्मा

कोशी प्रदेशसभा : आर्थिक कार्यविधिसम्बन्धी विधेयकमाथि दफावार छलफल हुने

खोटाङमा लेखापढी व्यवसायीबाट हुने ठगी नियन्त्रण गर्न सेवा शुल्क निर्धारण

महाधिवेशन प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च पार्टीले व्यहोर्ने

प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार
अरुपनि पढ्नुहोस
सबै
मिलिनियम च्यालेन्ज एकाउन्ट (एमसीसी) नेपाल अन्तर्गत नेपाल-भारतबीच २०० केभी विद्युत् आदानप्रदान


मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबिच भेटवार्ता

मक्का गठबन्धनले सुरु गर्यो सैन्य सहकार्य, तत्काल युद्धमा जाने निर्णय भने छैन















