इन्डोनेसियामा ज्वालामुखी विस्फोट

नवलपुर टुडे

सारांश
काठमाडौं । इन्डोनेसियाको ‘माउन्ट अनाक क्राकाटोआ’ ज्वालामुखीमा आइतबार शक्तिशाली विस्फोट भएको छ । विस्फोटपछि ज्वालामुखीबाट निस्किएको खरानी र धुवाँको बाक्लो बादल करिब ५० हजार फिट उचाइसम्म पुगेको छ ।
विमानस्थल सञ्चालकका अनुसार, वायुमण्डलमा फैलिएको ज्वालामुखीको खरानीका कारण ५८ अन्तर्राष्ट्रिय उडानसहित कुल ३०१ उडान प्रभावित भएका छन् । हालसम्म विस्फोटबाट मानवीय वा भौतिक क्षति भएको विवरण भने प्राप्त नभएको बताइएको छ ।
ज्वालामुखीको खरानी तीव्र हावासँगै विमानस्थल क्षेत्रसम्म पुगेपछि यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै केही उडान स्थगित तथा रद्द गरिएका छन् । सिंगापुर एयरलाइन्सले जकार्ता आउने र जाने आइतबारका सबै उडान रद्द गरेको छ भने एयरएसियाले आफ्ना केही उडान पुनःनिर्धारण वा रद्द गरेको छ । गरुडा इन्डोनेसियाले पनि यात्रुहरूलाई विमानस्थल जानुअघि आफ्नो उडानको अवस्था जाँच गर्न आग्रह गरेको छ ।
इन्डोनेसियाको राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सीले आसपासका क्षेत्रका बासिन्दालाई बाहिर निस्कँदा मास्क र सुरक्षात्मक चस्मा प्रयोग गर्न सल्लाह दिएको छ ।
अनाक क्राकाटोआ शुक्रबार रातिदेखि निरन्तर विस्फोट भइरहेको बताइएको छ । यो ज्वालामुखी जुलाई २ देखि नै सतर्कताको दोस्रो उच्च तह ‘अलर्ट लेभल–३’ मा रहेको छ ।
यसबाहेक माउन्ट सेमेरु, माउन्ट मेरापी, लेवोटोबी लाकी–लाकी र सिनाबुङ पनि लेभल–३ अलर्टमा छन् । आइतबार माउन्ट सेमेरुमा समेत विस्फोट भएको थियो, जसबाट करिब एक किलोमिटर उचाइसम्म खरानीको गुबार पुगेको थियो ।
प्रारम्भिक अध्ययनअनुसार अनाक क्राकाटोआको पछिल्लो विस्फोटबाट हाल सुनामीको खतरा नरहेको अधिकारीहरूले बताएका छन् ।

सर्वोच्च अदालतमा चार न्यायाधीश सिफारिस, फेरि मिचियो वरियता

जिल्ला अदालत काठमाडौँले दुर्गा प्रसाईंलाई दुई लाख धरौटीमा छाड्न आदेश

सुस्तामा दीर्घकालीन तटबन्धका लागि मन्त्रिपरिषद्मा बहुवर्षीय बजेटको माग

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले गरे नवनिर्मित विद्यालय भवनको उद्घाटन

पुर्व गृह राज्यमन्त्री देवेन्द्रराज कँडेलले सहमहामन्त्री पदमा दिए उम्मेदवारी
अरुपनि पढ्नुहोस
सबै
काठमाडौंसहित यी पाँच प्रदेशमा असिनापानी र हावाहुरी

विश्वप्रकाश शर्माले वारिसमार्फत दर्ता गराए वरिष्ठ उपसभापतिमा उम्मेदवारी

दसैँका लागि असोज २३ देखि अग्रिम टिकट बुकिङ खुल्ने

कांग्रेस महाधिवेशन : महामन्त्रीमा प्रदीप पौडेलको उम्मेदवारी















