जापानमा भारी वर्षाको चेतावनी, टोकियोसहित ७ क्षेत्र प्रभावित हुनसक्ने

एजेन्सी

सारांश
टाेकियाे । जापानको मौसम विज्ञान एजेन्सीले राजधानी टोकियोसहित सात क्षेत्रमा सोमबारसम्म भारी वर्षा हुन सक्ने चेतावनी दिएको छ । टाइफुन र मौसमी वर्षा प्रणालीको संयुक्त प्रभावका कारण पूर्वी जापानका विभिन्न क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना रहेको एजेन्सीले जनाएको छ ।
मौसम एजेन्सीका अनुसार टोकियोसँगै साइतामा, कानागावा, चिबा, शिजुओका, आइची र मीका बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ । केही घण्टाको अवधिमै अत्यधिक वर्षा गराउन सक्ने रेखीय वर्षा पट्टी (लिनियर रेनब्यान्ड) विकास हुने पूर्वानुमान गरिएको छ ।
यस्तो वर्षा प्रणालीका कारण छोटो समयमै ठूलो मात्रामा पानी पर्न सक्ने भएकाले स्थानीय बासिन्दालाई मौसमसम्बन्धी चेतावनी र प्रशासनका निर्देशन पालना गर्न आग्रह गरिएको छ । पूर्वी जापानका केही क्षेत्रमा पहिरो जाने, होचा भूभाग डुबानमा पर्ने तथा नदीमा पानीको सतह बढ्ने जोखिम रहेको मौसम एजेन्सीले चेतावनी दिएको छ ।
एजेन्सीका अनुसार जापानको दक्षिणमा मौसमी वर्षा प्रणाली लामो समयदेखि सक्रिय रहेको छ । यसैबीच टाइफुन क्रोभान्हबाट आएको तातो तथा आद्र्र हावाले वातावरणलाई थप अस्थिर बनाएको छ ।
मौसमी वर्षा प्रणाली सोमबारतिर उत्तरतर्फ सर्ने अनुमान गरिएको छ । त्यस क्रममा पूर्वी जापानका विभिन्न क्षेत्रमा भारी वर्षा हुने सम्भावना रहेकाले बाढी, पहिरो तथा नदीको बहाव बढ्न सक्ने जोखिमप्रति सतर्क रहन भनिएको छ ।

मोदीको २५ वर्षे सार्वजनिक जीवन: भन्छन्, ‘जनताको विश्वास नै मेरो शक्ति’

गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु

हाइटीमा चुनाव अनिश्चितकालका लागि स्थगित

राष्ट्र बैंकद्वारा ३० अर्बको निक्षेप सङ्कलन आह्वान

नरेन्द्र मोदी सरकार प्रमुख बनेको २५ वर्ष : मन्त्रिपरिषद्द्वारा बधाई प्रस्ताव पारित
अरुपनि पढ्नुहोस
सबै
४४ उपसचिवको सरुवा, को कहाँ भयो ?(सूचीसहित)

कांग्रेस १५औैँ महाधिवेशन: सभापतिमा थापा खड्गी र राठौर को प्रतिस्पर्धा

बाढी र पहिरोका कारण देशभरका विभिन्न राजमार्ग प्रभावित

नेकपा एमालेको स्थायी कमिटीको पहिलो बैठक आह्वान















