दक्षिणी लेबनानमा इजरायलको आक्रमण

रासस

सारांश
काठमाडाैँ। हिजबुल्लाहले आफ्ना सैनिकहरूलाई लक्षित गरी ड्रोन प्रहार गरेपछि इजरायली सेनाले आइतबार दक्षिणी लेबनानमा आक्रमण सुरु गरेको जनाएको छ । ‘अरब सलिम’ सहरका बासिन्दाहरूलाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ ।
“हिजबुल्लाह नामक आतङ्कवादी सङ्गठनका आतङ्कवादीहरूले दक्षिणी लेबनानको ‘सुरक्षा क्षेत्र’मा तैनाथ इजरायली रक्षा बलका सैनिकहरूतर्फ दुईवटा ड्रोन प्रहार गरे”, सेनाले एक विज्ञप्तिमा भनेको छ । साथै, यस घटनामा कुनै पनि इजरायली सैनिक घाइते भएको खबर नआएको पनि सेनाले जनाएको छ ।
अर्को एक सन्देशमा, इजरायली सेनाले आसन्न आक्रमणअघि नै अरब सलिमका बासिन्दाहरूलाई उक्त क्षेत्र छोड्न चेतावनी दिएको छ ।
“तपाईंहरू हिजबुल्लाह आतङ्कवादी सङ्गठनको एउटा अखडा वा संरचना नजिक हुनुहुन्छ, जसका विरुद्ध आईडीएफले कारबाही अघि बढाउँदैछ”, सेनाले टेलिग्राममा अरबी भाषामा लेखेको छ ।
इरान–समर्थित हिजबुल्लाहले इजरायलमाथि आक्रमण गरेपछि लेबनान मध्यपूर्वको द्वन्द्वमा तानिएको थियो । त्यसको जवाफमा इजरायलले हवाई आक्रमण र स्थलगत कारबाही गरेको थियो, जसमा चार हजार ३०० भन्दा बढी मानिसको ज्यान गएको लेबनानको दाबी छ ।
जुन महिनामा व्यापक द्वन्द्वका विषयमा अमेरिका र इरानबीच भएको समझदारी तथा सोही महिनाको अन्त्यतिर इजरायल र लेबनानबीच भएको ढाँचागत सम्झौता पछि हिंसाका घटनामा केही कमी आएको छ ।
इजरायली सेनाले सीमा क्षेत्रबाट लेबनानभित्र करिब १० किलोमिटर (छ माइल) को गहिराइसम्म फैलिएको स्वघोषित सुरक्षा क्षेत्र भित्र कारबाही गरिरहेको छ।
लेबनानका अधिकारीहरूले शनिबार बताएअनुसार इजरायली आक्रमणमा परी देशको दक्षिणी र पूर्वी भागमा चार जनाको मृत्यु भएको छ।

भारतीय राष्ट्रिय कांग्रेस र नेपाली कांग्रेसबिच लोकतान्त्रिक सहकार्यको इतिहास छ : अध्यक्ष खर्गे

दसैँअघि नै बेत्रावतीमा बेलीब्रिज सञ्चालनमा आउने

पार्टीको जिम्मेवारीसँगै जिल्लाको समृद्ध विकासमा प्रतिबद्ध रहने शाहानिको भनाइ

विजयनगरमा जिल्ला स्तरीय इनामी क्विज प्रतियोगिता सम्पन्न

अमेरिकी गाडी उद्योगमा उत्पादन र लगानी विस्तारको तयारी
अरुपनि पढ्नुहोस
सबै
स्पेनमा घर भाडा र आवास सङ्कट : लाखौँ प्रदर्शनकारी सडकमा

काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना

जापानमा महिलाको हत्या गरेको आरोपमा एक अमेरिकी नौसैनिक पक्राउ

















