बागलुङमा सकारात्मक अभिभावकत्व तालिम सुरु


बागलुङ, भाद्र २० । बागलुङ जिल्लामा बौद्धिक अपांगता भएका व्यक्तिहरुको अभिभावक संघ आयोजनामा ३ दिने सकारात्मक अभिभावकत्व तालिम अभिभावक तथा बौद्धिक अपांग भएको व्यक्तिहरुका लाग सुरु भएको जानकारी फिल्ड अफिसर अस्मिता आर्चायले जानकारी दिनुभयो । तालिममा बागलुङ जिल्लाका २१ जना सहभागी रहेका छन् ।
तालिममा सहभागीहरुलाई अपांगता, बौद्धिक अपागंता, हेरचाह सम्बन्धी, बाल अधिकार, तनाव व्यवस्थापन, सकारात्मक सोच, सकारात्मक अभिभावकत्व, अभिभावकहरुले गर्न सक्ने सकारात्मक व्यवहार,विद्यालयमा शिक्षकहरुले गर्ने व्यवहार, समाजका व्यक्तिहरुले गर्ने व्यवहार, मनोसामाजिक परार्मशका बारेमा प्रशिक्षण दिने योजना रहेको छ । सो तालिम सहजीकरण सकारात्मक अभिभावकत्व सम्बन्धी प्रशिक्षण प्रशिक्षक तथा अभिभावक सघका उपाध्याक्ष दुर्गा प्रसाद शर्मा र सचिव याम बहादुर थापा मगरले गर्ने भएका छन् ।
सो तालिमको लागि एन.एफ.यु.नर्वेको सहयोगमा, बौद्धिक अपाङ्गताका अभिभावक महासंघ नेपालको परार्मश, बागलुङ विशेष बाल कक्षा प्राथमिक विद्यालय, उपल्लाचौर,बागलङको समयन्वय, अपाङ्गता अधिकारका लागि लागि सहकार्य सिएडिआर परियोजना अन्तर्गत सकारात्मक अभिभावककीय तालिम संचालन भएको जानकारी बौद्धिक अपांगता भएका व्यक्तिहरुको अभिभावक संघ बागलुङका अध्ययक्ष टिकाराम सापकोटाले जानकारी गराउनु भएको थियो ।






















