खाजा खर्चबाट विपद् पीडितलाई सहयोग गर्दै भिमोदय नमुना माविका विद्यार्थी

नवलपुर टुडे

सारांश
पदमपुर । पदमपुरस्थित भिमोदय नमुना माध्यमिक विद्यालयका विद्यार्थीहरूले विपद्मा परेका नागरिकको सहयोगका लागि आफ्नै खाजा खर्च तथा व्यक्तिगत बचतबाट रकम संकलन गरेका छन्। विद्यालयमा अध्ययनरत कक्षा ४ देखि १२ सम्मका विद्यार्थीहरूले स्वस्फूर्त रूपमा सहयोग रकम जुटाएका हुन्।
विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट समेत उत्साह र खुसीका साथ सहयोग गरेका थिए। कक्षा १२ विज्ञानका विद्यार्थी आराधना गुप्ता, करुणा चौधरी, मञ्जिषा अधिकारी र सञ्जिता केसीको नेतृत्वमा सहयोग संकलन अभियान सञ्चालन गरिएको थियो। अभियानबाट संकलित २७ हजार १ सय ७० रुपैँया रकम विद्यार्थी प्रतिनिधिहरूले विद्यालयका प्रधानाध्यापक इन्द्रनाथ पौडेल, स्काउट शिक्षक सुशील कोइराला तथा जुनियर रेडक्रस शिक्षक प्रतिनिधि अजय चौधरीलाई हस्तान्तरण गरेका थिए।
विद्यालयले विद्यार्थीहरूबाट संकलित सहयोग रकम कृषि विकास बैंकमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिसकेको छ। विपद्का समयमा विद्यार्थीहरूले देखाएको यो पहलले मानवीय सहयोग, सामाजिक उत्तरदायित्व र एकताको भावना बलियो बनाउन योगदान पुर्याएको विद्यालय प्रशासनले जनाएको छ।
विद्यार्थीहरूको सराहनीय पहल, उत्साह र मानवीय भावनाप्रति विद्यालय प्रशासन र शिक्षकहरुले विद्यार्थीहरूमा धन्यवाद व्यक्त समेत गरेका थिए ।


सर्वोच्च अदालतमा चार न्यायाधीश सिफारिस, फेरि मिचियो वरियता

जिल्ला अदालत काठमाडौँले दुर्गा प्रसाईंलाई दुई लाख धरौटीमा छाड्न आदेश

सुस्तामा दीर्घकालीन तटबन्धका लागि मन्त्रिपरिषद्मा बहुवर्षीय बजेटको माग

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले गरे नवनिर्मित विद्यालय भवनको उद्घाटन

पुर्व गृह राज्यमन्त्री देवेन्द्रराज कँडेलले सहमहामन्त्री पदमा दिए उम्मेदवारी
अरुपनि पढ्नुहोस
सबै
काठमाडौंसहित यी पाँच प्रदेशमा असिनापानी र हावाहुरी

विश्वप्रकाश शर्माले वारिसमार्फत दर्ता गराए वरिष्ठ उपसभापतिमा उम्मेदवारी

दसैँका लागि असोज २३ देखि अग्रिम टिकट बुकिङ खुल्ने

कांग्रेस महाधिवेशन : महामन्त्रीमा प्रदीप पौडेलको उम्मेदवारी















