संस्कृति सम्पदा संरक्षण महाअभियानका संयोजक शर्मा सम्मानित

नवलपुर टुडे

सारांश
नवलपरासी, भदौ २० । संस्कृति सम्पदा संरक्षणमा पुर्याउनुभएको योगदानको उच्च मूल्यांकन गर्दै संस्कृति सम्पदा संरक्षण महाअभियानका संयोजक अनिल शर्मा सम्मानित हुनुभएको छ । दाङवोला ग्युईठिम तामा संघ, काठमाडौंद्वारा शनिबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमबीच उहाँलाई उक्त सम्मान प्रदान गरिएको हो।
नवलपरासी पश्चिमको रामग्राम नगरपालिका वडा नं. ५ निवासी शर्माले आफ्ना स्वर्गीय बाबु दामोदर शर्माको स्मृतिमा विभिन्न संस्कृति तथा सम्पदा संरक्षणका साथै थुप्रै सामाजिक कार्यहरूमा निरन्तर रूपमा क्रियाशील रहँदै आउनुभएको छ। मौलिक संस्कृति र ऐतिहासिक धरोहरहरूको जगेर्नामा उहाँले पुर्याउनुभएको योगदानको कदर गर्दै आयोजक संस्थाले उहाँलाई यो सम्मान अर्पण गरेको हो।
कार्यक्रममा विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो भने सम्मानित व्यक्तित्व शर्माले आफ्नो यो सम्मानले संस्कृति संरक्षणको आगामी यात्रामा अझै जिम्मेवार भएर लाग्न प्रेरणा दिएको बताउनुभयो । दाङवोला ग्युईठिम तामा संघका सञ्चालक कबीता तामाङ्ग खोकरको सभापतित्व तथा संस्कृति सम्पदा संरक्षण महाअभियानका संयोजक शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा संघका पूर्वअध्यक्ष मिकमार तामाङ्गले मन्तव्य राख्नुभएको थियो भने कार्यक्रममा स्वागत बुद्ध तामाङ्गले गर्नुभएको थियो।
तस्बिर: सम्मान कार्यक्रम


पत्रकारतिामाथिको हस्तक्षेप विरुद्ध छठपछि सरकार विरुद्ध सशक्त आन्दोलन गर्ने उद्धघोष : अध्यक्ष शर्मा

कोशी प्रदेशसभा : आर्थिक कार्यविधिसम्बन्धी विधेयकमाथि दफावार छलफल हुने

खोटाङमा लेखापढी व्यवसायीबाट हुने ठगी नियन्त्रण गर्न सेवा शुल्क निर्धारण

महाधिवेशन प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च पार्टीले व्यहोर्ने

प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार
अरुपनि पढ्नुहोस
सबै
मिलिनियम च्यालेन्ज एकाउन्ट (एमसीसी) नेपाल अन्तर्गत नेपाल-भारतबीच २०० केभी विद्युत् आदानप्रदान


मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबिच भेटवार्ता

मक्का गठबन्धनले सुरु गर्यो सैन्य सहकार्य, तत्काल युद्धमा जाने निर्णय भने छैन















