भोटेकोसी बाढी : रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

नवलपुर टुडे

सारांश
रसुवा । भोटेकोसी बाढीले रसुवाका निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति पुर्याएको छ । जिल्ला प्रशासन कार्यालयले यही १० गतेको बाढीले पुर्याएको क्षतिसम्बन्धी प्रारम्भिक विवरण सार्वजनिक गरेको छ ।
जिल्लामा बाढीबाट २८ सरकारी र सार्वजनिक भवन, आठ सामुदायिक र तीन निजी विद्यालय, १४ बैंक तथा वित्तीय संस्था, एउटा पेट्रोल पम्प र एक हजार ५०० निजी घरमा क्षति पुगेको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले जानकारी दिए ।
बाढीले जिल्लामा ४१ किलोमिटर सडक, ६ पक्की पुल, आठ बेलीब्रिज र १० झोलुंगे पुल बगाएको छ । भोटेकोसी र त्रिशूली नदी तथा लाङटाङ खोलामा निर्मित आठ जलविद्युत् आयोजनामा बाढीबाट पूर्ण रूपमा क्षति पुगेको छ ।
बाढीले १११ मेगावाटको रसुवागढी, १२० मेगावाटको भोटेकोसी, २० मेगावाटको चिलिमे, २० मेगावाटको लाङटाङ खोला, २१६ मेगावाटको माथिल्लो त्रिशूली–१, पाँच मेगाावटको मैलुङ खोला, ६० मेगावाटको माथिल्लो त्रिशूली–३ ‘ए’ र ३७.३ मेगावाटको त्रिशूली–३ ‘बी’मा क्षति पुर्याएको छ ।
खोज तथा उद्धार जारी
बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाको सुरुङमा फसेकाको खोज तथा उद्धार जारी छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट उद्धार कार्य भइरहेको छ । थप मद्दतका निम्ति दक्षिण कोरिया, भारत र चीनका विज्ञ समेत प्रभावित क्षेत्रमा खटिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।
प्रभावित क्षेत्रका बासिन्दालाई खाद्यान्न आपूर्ति सहज गर्न हेलिकोप्टरमार्फत राहत वितरण भइरहेको सहायक प्रजिअ अधिकारीले जानकारी दिए ।

सर्वोच्च अदालतमा चार न्यायाधीश सिफारिस, फेरि मिचियो वरियता

जिल्ला अदालत काठमाडौँले दुर्गा प्रसाईंलाई दुई लाख धरौटीमा छाड्न आदेश

सुस्तामा दीर्घकालीन तटबन्धका लागि मन्त्रिपरिषद्मा बहुवर्षीय बजेटको माग

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले गरे नवनिर्मित विद्यालय भवनको उद्घाटन

पुर्व गृह राज्यमन्त्री देवेन्द्रराज कँडेलले सहमहामन्त्री पदमा दिए उम्मेदवारी
अरुपनि पढ्नुहोस
सबै
काठमाडौंसहित यी पाँच प्रदेशमा असिनापानी र हावाहुरी

विश्वप्रकाश शर्माले वारिसमार्फत दर्ता गराए वरिष्ठ उपसभापतिमा उम्मेदवारी

दसैँका लागि असोज २३ देखि अग्रिम टिकट बुकिङ खुल्ने

कांग्रेस महाधिवेशन : महामन्त्रीमा प्रदीप पौडेलको उम्मेदवारी















