राजनीति

नेता ठाकुरको पेसमेकर परिवर्तन शल्यक्रिया सफल

रासस
२०८३ भदौ २० | मध्यान्ह ०४:०५ बजे

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका नेता एवं राष्ट्रियसभाका सांसद महन्थ ठाकुरको मुटुमा पेसमेकर परिवर्तन गर्ने शल्यक्रिया सफल भएको छ ।

बाँसबारीस्थित सहिद गंगालाल हृदयरोग केन्द्रमा ठाकुरको शल्यक्रिया गरिएको पार्टी अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए ।

ठाकुरलाई स्वास्थ्यलाभको कामना गर्न अध्यक्ष यादवसहितका नेताहरू अस्पताल पुगेका थिए ।

कमेन्टहरु