बाढीमा परी दिवङ्गत भएकाहरूको चिरशान्तिको कामना गर्दै शान्ति र्याली

रासस

सारांश
बागमती, भदौ २०। हिमालयन राइडर्स सोसाइटी, हेटौँडाले भोटेकोशीमा आएको बाढीका कारण रसुुवा, नुवाकोट, धादिङलगायत स्थानमा ज्यान गुमाएका व्यक्तिहरूको आत्माको चिरशान्तिको कामना गर्दै आज हेटौँडामा शान्ति र्याली गरेको छ ।
संस्थाको पाँचौँ साधारणसभासमेतको अवसर पारी हेटौँडा उपमहानगरपालिका९४ स्थित भुुवनेश्वर पशुपति मन्दिरबाट सुरु भएको शान्ति र्याली फोरेष्ट्री गेट, मेनरोड, बुद्ध चोक, नगरपालिका रोड, मनकामना चोक, भैरव रोड हुँदै पुनः भुवनेश्र पशुपति मन्दिर पुगी सभामा परिणत भएको थियो ।
प्राकृतिक विपद्मा परी दिवङ्गत हुनुभएका व्यक्तिहरूको आत्मा चिरशान्ति, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभका साथै सम्पर्कविहीन हुनुभएका व्यक्तिहरूको सकुशल परिवारसँगको मिलनको कामना गर्दै शान्ति र्याली आयोजना गरिएको हिमालय राइडर्स सोसाइटीका अध्यक्ष राजु थापा मगरले जानकारी दिनुभयो ।
कार्यक्रममा भुवनेश्वर पशुपति मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जगन्नाथ पाण्डे, रमेशबहादुर कोइराला लगायतले संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्नुुभएको थियो । उक्त अवसरमा संस्थामा आबद्ध दश जना व्यक्तिलाई आजीवन सदस्यताको प्रमाणपत्र प्रदान गरिएको थियो ।

पत्रकारतिामाथिको हस्तक्षेप विरुद्ध छठपछि सरकार विरुद्ध सशक्त आन्दोलन गर्ने उद्धघोष : अध्यक्ष शर्मा

कोशी प्रदेशसभा : आर्थिक कार्यविधिसम्बन्धी विधेयकमाथि दफावार छलफल हुने

खोटाङमा लेखापढी व्यवसायीबाट हुने ठगी नियन्त्रण गर्न सेवा शुल्क निर्धारण

महाधिवेशन प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च पार्टीले व्यहोर्ने

प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार
अरुपनि पढ्नुहोस
सबै
मिलिनियम च्यालेन्ज एकाउन्ट (एमसीसी) नेपाल अन्तर्गत नेपाल-भारतबीच २०० केभी विद्युत् आदानप्रदान


मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबिच भेटवार्ता

मक्का गठबन्धनले सुरु गर्यो सैन्य सहकार्य, तत्काल युद्धमा जाने निर्णय भने छैन















