आज यी स्थानमा हुनेछ भारी वर्षा

नवलपुर टुडे

सारांश
काठमाडौं । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहँदा वर्षाको सम्भावना रहेको हो । दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभाग, कर्णाली प्रदेशको पहाडी क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार राति सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । विभागले दिउँसो देशभर साधारणतया बादल लाग्ने बताएको छ । हिमाली भूभागका केही स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।
पहाडी भागका धेरै स्थानमा मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ । कोसी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका धेरै तथा मधेस प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा मध्यमसम्म वर्षाको पूर्वानुमान छ । विभागले राति देशभर साधारणतया बादल लाग्ने बताएको छ । हिमाली र पहाडी भूभागका केही स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।
तराई भूभागका केही स्थानमा मध्यमसम्म वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

पत्रकारतिामाथिको हस्तक्षेप विरुद्ध छठपछि सरकार विरुद्ध सशक्त आन्दोलन गर्ने उद्धघोष : अध्यक्ष शर्मा

कोशी प्रदेशसभा : आर्थिक कार्यविधिसम्बन्धी विधेयकमाथि दफावार छलफल हुने

खोटाङमा लेखापढी व्यवसायीबाट हुने ठगी नियन्त्रण गर्न सेवा शुल्क निर्धारण

महाधिवेशन प्रतिनिधिको थप एक दिनको बसाइँ र खानपिन खर्च पार्टीले व्यहोर्ने

प्रधानमन्त्री शाहको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार
अरुपनि पढ्नुहोस
सबै
मिलिनियम च्यालेन्ज एकाउन्ट (एमसीसी) नेपाल अन्तर्गत नेपाल-भारतबीच २०० केभी विद्युत् आदानप्रदान


मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबिच भेटवार्ता

मक्का गठबन्धनले सुरु गर्यो सैन्य सहकार्य, तत्काल युद्धमा जाने निर्णय भने छैन















