किभमा रुसी हवाई आक्रमण, रेलकर्मी र दुई बालबालिकासहित १२ जनाको मृत्यु

एजेन्सी


किभ । युक्रेनको राजधानी किभ र आसपासका क्षेत्रमा रुसले गरेको पछिल्लो हवाई आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ । आक्रमणमा दुई बालबालिकासहित १७ जना घाइते भएका स्थानीय अधिकारीहरूले बताएका छन् ।
मंगलबार राति गरिएको आक्रमणका क्रममा किभमा सरकारी रेल कम्पनी उक्रजालिज्नित्स्याको डिपोमा समेत प्रहार भएको थियो । त्यहाँ कार्यरत रेलकर्मीमध्ये ६ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । किभनजिकैको बोरिस्पिल सहरमा थप चार जनाको मृत्यु भएको छ ।
रुसको रक्षा मन्त्रालयले भने किभ र आसपासका क्षेत्रमा युक्रेनका सैन्य–औद्योगिक तथा इन्धन र ऊर्जा पूर्वाधारलाई लक्षित गरी उच्च परिशुद्धताका हतियार प्रयोग गरेर ठुलो आक्रमण गरिएको जनाएको छ ।
यसअघि गत शुक्रबार किभ क्षेत्रमा रहेको हतियार भण्डारण केन्द्रमा रुसी आक्रमण हुँदा ३८ जनाको मृत्यु भएको थियो । उक्त आक्रमणपछि त्यहाँ राखिएका गोलाबारुद, माइन तथा ड्रोन विस्फोट हुँदा ठुलो क्षति भएको थियो ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















