रसुवा बाढी : सेनाद्वारा ३३० जनाको उद्धार, सुरुङमा खोजीकार्य जारी

रासस


रसुवा । रसुवामा यही भदौ १० गते भोटेकोशीमा गएको बाढीका कारण प्रभावित भएका नागरिकको उद्धारकार्य तीव्र रूपमा भइरहेको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत आज दिउँसो १ः३० बजेसम्म ३३० प्रभावितलाई सुरक्षित स्थानमा उद्धार गरिएको छ ।
बाढीका कारण जलविद्युत् आयोजनाका सुरुङ (टनेल) मा फसेकाको खोजी र उद्धारका लागि प्राविधिक तथा विज्ञ टोली परिचालन गरिएको नेपाली सेनाले जनाएको छ । सेनाका अनुसार त्रिशूली–३ जलविद्युत् आयोजनाको टनेलमा करिब १५ मिटर तल ओर्लेर टोलीले काम गरिरहेको छ । त्यस्तै, त्रिशूली–३ बी को टनेलमा पनि सेनाको विज्ञ फौजसहितको टोलीले खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको छ ।
बाढी प्रभावित क्षेत्रमा उद्धारकार्यलाई व्यवस्थित र समन्वयात्मक बनाउन नेपाली सेनाका आठ हजार ९०० भन्दाबढी जनशक्ति प्रत्यक्ष रूपमा खटिएका छन् । सेनाको टोलीले खोला किनार, पहाडी क्षेत्र तथा स्थानीयका घर–घरमा पुगेर खोजी, उद्धार र राहतकार्य गरिरहेको नेपाली सेना श्रीनाथ गणले जनाएको छ ।f

हङकङका लोकतन्त्रवादी अभियन्ता जोसुवा वङलाई १० वर्षको जेल सजाय

‘पैसा डबल’ गर्ने भन्दै ठगी गर्ने रजक पुनः पक्राउ

रौतहटको डुमरियामा दुई यात्रुबाहक बसबाट भन्सार छलीका सामान बरामद, मूल्य २ लाख २२ हजारभन्दा बढी

वायु प्रदूषण जोखिम कम गर्न काठमाडौँ महानगरको आग्रह

दाङमा दैनिक दुई हजार ५०० कार्टुन अण्डा उत्पादन
अरुपनि पढ्नुहोस
सबै
राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणको प्रक्रिया थालियो

बाख्रापालनको तरिका सिकाउँदै तनहुँ जलविद्युत् आयोजना


मौरिस हर्जोग पदमार्गमा सूचना केन्द्र स्थापना
















