पाँच दिनपछि धुञ्चेमा‘जेनेरेटर’: निःशुल्क मोबाइल चार्ज,टुटेको आशालाई जोड्दै

रासस


रसुवा, भदौ १५। जिल्ला सदरमुकाम धुन्चेमा ‘मोबाइल फोन चार्ज’का लागि ‘जेनेरेटर’ ल्याइएको छ । भोटेकोशी नदीमा गत भदौ १० गते आएको अकल्पनीय विनाशकारी बाढीका कारण विगत पाँच दिनदेखि रसुवा जिल्लाभर विद्युत् सेवा पूर्ण रूपमा अवरुद्ध छ ।
रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तराष्ट्रिय महासङ्घ ९आइएफआरसी०को सहयोगमा नेपाल रेडक्रस सोसाइटीले ‘जेनेरेटर’ यहाँ ल्याएको हो । विद्युत सेवा अवरुद्ध हुँदा स्थानीयवासी सहित धुन्चे रहेका बाढी पीडित र तीर्थालुहरु आफन्त तथा बाहिरी संसारसँगको सम्पर्कबाट विच्छेद हुनुपरेको थियो । यसका लागि नेपाल रेडक्रस सोसाइटी रसुवा शाखा र तिलगङ्गा आँखा केन्द्रले संयुक्त पहल गरेका थिए । सदरमुकाम धुन्चेमा ‘जेनेरेटर’ ल्याइएसंगै निःशुल्क मोबाइल चार्ज गर्ने व्यवस्था मिलाइएको छ ।
सदरमुकाममा जेनेरेटरमार्फत मोबाइल चार्ज गर्न पाउँदा स्थानीयवासी तथा टाढा–टाढाबाट आएका सेवाग्राहीलाई राहत मिलेको छ । चार्ज गर्ने सुविधा पाएपछि जिल्लावासीले आफ्ना आफन्तहरूसँग पुनः सम्पर्क स्थापित गर्न सफल भएका छन् । एकजनाले भन्नुभयो फोनकलले टुटेको आशालाई जोडेको छ, चिन्ताले भरिएका मनलाई सान्त्वना दिएको छ ।” बाढीका कारण अवरुद्ध बनेको विद्युत् सेवा पुनः सञ्चालनका लागि प्राविधिक टोली खटिरहेको र चाँडै सेवा सुचारु गराउन पहल भइरहेको जनाइएको छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















