अपर त्रिशूली थ्री बि आयोजनामा कार्यरत १२ जना कर्मचारी सम्पर्कविहीन

रासस


काठमाडौँ, भदौ ११। भोटेकोशी नदीमा बुधबार आएको बाढीको कारणले अपर त्रिशूली थ्री बि हाइड्रोइलेक्ट्रिक आयोजनामा सुपरीवेक्षण परामर्शदाताको रूपमा कार्यरत १२ जना कर्मचारी सम्पर्कविहीन भएका छन् ।
सो आयोजनामा सुपरिवेक्षणको लागि परामर्शदाताको रूपमा चिलिमे इन्जिनियरिङ एण्ड सर्भिसेज कम्पनी लिमिटेडका विभिन्न तहका १२ जना कर्मचारी कार्यरत कर्मचारी सम्पर्कविहीन भएकाले उद्धार तथा खोजी गर्नका लागि अनुरोध गरिएको छ ।
कम्पनीका अनुसार आयोजनामा कार्यरत सिनियर टिम लिडर कमलबहादुर पाण्डे, कन्स्ट्राक्ट इन्जिनियर मनोज केसी, सिनियर जियोलोजिष्ट सुमेश अमात्य, सिनियर कन्स्ट्रक्सन इन्जिनियर निरज श्रेष्ठ, कम्पनीका प्रशासक तथा लेखा अधिकृत मणि दाहाल सम्पर्कविहीन भएको जनाएको छ ।
त्यसैगरी सिनियर इलेक्ट्रिकल इन्जिनियर रविन्द्रकुमार यादव, सिभिल इन्जिनियर प्रवीन अमात्य, कन्ट्राक्ट एण्ड प्लानिङ इन्जिनियर प्रतीक भट्ट, सिभिल इन्जिनियर हेमन्तराज जोशी, चालक महेश नेपाली, कुक खिलबहादुर बुढाथोकी, कुक पुनम न्यौपाने सम्पर्कविहीन भएकाले खोजी कार्य गर्नका लागि अनुरोध गरिएको छ ।


कपिलवस्तुका ७० स्थानमा छठघाट निर्माण

हिमाली जल सुरक्षाका लागि विपद् पूर्वतयारी र एकीकृत विकासमा जोड

गाउँमै उद्यम र रोजगारी सिर्जना गर्ने सम्भावना खोज्दै विद्यार्थी

संरक्षण नहुँदा खण्डहर बन्दै रसुवाको सीता गुफा
अरुपनि पढ्नुहोस
सबै
लेकसाइडमा ‘अपरेसन सभ्यता’ : तीन दिनमा ४४ जना कारबाहीमा

छठको दोस्रो दिन : गुह्येश्वरीमा तयारी अन्तिम चरणमा

बाढी प्रभावित बालबालिकाको संरक्षणमा सघाउन आह्वान

एआई प्रविधिमा लगानी बढाउने र सहकार्य सुदृढ गर्ने ईयूको तयारी
















