एक वर्षमा मधेस प्रदेशबाट वैदेशिक रोजगारीमा गएका १४४ युवकको मृत्यु

नवलपुर टुडे


जनकपुरधाम । गत एक वर्षमा मधेस प्रदेशबाट वैदेशिक रोजगारीमा गएकाहरु मध्येबाट १४४ जना युवाले ज्यान गुमाउनुपरेको छ । त्यस वर्ष एक लाख ७९ हजार ३९ जना व्यक्ति वैदेशिक रोजगारीमा गएका थिए ।
सुरक्षित आप्रवासन (सामी),ले मधेस प्रदेशको जनकपुरधाममा आयोजना गरेको समीक्षा कार्यक्रममा कार्यक्रमका वरिष्ठ कार्यक्रम अधिकृत देवनारायण मण्डलले जानकारी दिए ।
वैदेशिक रोजगारीमा जाने महिलाको सङ्ख्या सर्लाहीबाट एक हजार ३८९, बाराबाट एक हजार ८८, रौतहटबाट ५२५, पर्साबाट ३३८, महोत्तरीबाट ४४७, धनुषाबाट ४१३, सप्तरीबाट २६९ र सिरहाबाट ३०४ छन् ।
यसैगरी, सुरक्षित आप्रवासन कार्यक्रमअन्तर्गत सञ्चालित आप्रवासी स्रोत केन्द्रमा सेवा तथा परामर्श लिनेको सङ्ख्या कूल ६३ हजार १४० रहेको छ । जसमध्ये ५७ हजार २२५ पुरुष, पाँच हजार ९१४ महिला र एक जना अन्य लैङ्गिक समूहका व्यक्ति हुन् ।
श्रम तथा यातायात मन्त्रालयका शाखा अधिकृत नविनकुमार शर्माले गत आर्थिक वर्ष २०८२/८३ मा ६७५ समस्या समाधान गरिएको बताए । उहाँले १५९ पीडितलाई पीडकबाट रु २२ करोड एक लाख ७८ हजार ४०३ फिर्ता गरिएको जानकारी दिए ।
वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिलाई गन्तव्य मुलुक, रोजगारीको प्रक्रिया, श्रम स्वीकृति, सीप, लागत, बीमा, कानुनी अधिकारलगायतका विषयमा सूचना तथा परामर्श प्रदान गर्दै आएको छ ।
श्रम तथा यातायातमन्त्री शारदा थापाले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन पूर्वसूचना तथा परामर्शको पहुँच विस्तार गर्नुपर्ने आवश्यकता रहेको औँल्याए ।
वैदेशिक रोजगारीमा जानुअघि सही सूचना प्राप्त गर्न सके ठगी, बढी लागत, अवैध बाटोबाट हुने प्रस्थान तथा रोजगारसम्बन्धी जोखिम न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।
कार्यक्रममा श्रम तथा यातायात मन्त्रालयका वरिष्ठ उपसचिव धन्जयकुमार सिंहको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















