विपन्न बालबालिकालाई गाउँपालिकाको आवासीय शिक्षा सुविधा

नवलपुर टुडे


गोरखा । आर्थिक अवस्था कमजोर भएका बालबालिकालाई सहिदलखन गाउँपालिकाले आवाससहितको शिक्षाको प्रबन्ध गरेको छ।
पालिका भित्रका विपन्न बालबालिकालाई लक्षित गर्दै गाउँपालिकाले वडा-६ घैरुङ बाँसकोटस्थित हिमालय माविमा आवाससहित पढ्न पाउने व्यवस्था गरेको हो । पालिकावासीलाई शिक्षाको अधिकार सुनिश्चित गर्न हिमालय माविमा आवासीय शिक्षाको व्यवस्था गरिएको पालिकाका अध्यक्ष रमेश थापा मगरले बताए। “पालिकाभित्रका अनाथ, असहाय र आर्थिक रूपमा विपन्न बालबालिकाहरूलाई सुरक्षित आवाससहित गुणस्तरीय शिक्षा दिने उद्देश्यले छात्रावास सञ्चालनमा ल्याएका हौँ,” अध्यक्ष थापाले भने।
हाल गाउँपालिकाको हिमालय माविस्थित छात्रावासमा १३ जना बालबालिकाहरू आश्रित छन् । उनीहरूको कक्षा १० सम्मको शिक्षा र पालनपोषण सबैको जिम्मेवारी गाउँपालिकाले बेहोर्ने अध्यक्ष थापाको भनाइ छ ।
पालिकाभित्रका विपन्न बालबालिकाहरूका लागि यसै साताबाट सुरक्षित आवासीय शिक्षा सञ्चालनमा ल्याएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख राजेन्द्र खनालले बताए । विपन्न बालबालिकाका लक्षित आवासीय शिक्षा कार्यक्रममा लागि पालिकाले आर्थिक वर्ष २०८२/०८३ मा १० लाख रुपैयाँ विनियोजन गरेको थियो ।
त्यो रकमले हिमालय माविको रित्तो भवनमा छात्र र छात्राहरूका लागि छात्रावास, शौचालय र मेसको व्यवस्थापन गरेको उनले जानकारी दिए । “छात्रावास व्यवस्थापनको काम गत असारमै सकिएको थियो तर बर्खे बिदा र विद्यार्थीहरूको प्रथम त्रैमासिक परीक्षाका कारण सञ्चालनमा ल्याउन ढिला भयो”, उनले भने ।
गाउँपालिकाले २० जना बालबालिका क्षमताको छात्रावास सञ्चालनमा ल्याएको छ । त्यसलाई आवश्यकताअनुसार बढाउँदै लैजाने शिक्षा अधिकृत राजेन्द्र खनालले बताए ।
पारिवारिक अवस्थाका कारण अध्ययन गर्न नसकेका र संरक्षकको आवश्यकता भएका बालबालिकाहरूलाई पा

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















