भड्कियो अमेरिका–क्यानडा व्यापार युद्ध, ट्रम्पले दिए कारमाथिको ट्यारिफ बढाउने चेतावनी

एजेन्सी


वाशिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट आउने सबै खालका कार, ट्रक र गाडीका पार्टपूर्जामा अतिरिक्त भन्सार महसुल (ट्यारिफ) बढाएर ५० प्रतिशतमा पुर्याउने चेतावनी दिएका छन् ।मंगलबार ट्रम्पले बताएअनुसार यो ट्यारिफ २०२७ को जनवरी १ देखि लागू हुनेछ । हालैका दिनमा व्यापर सम्झौता गर्ने प्रयास असफल भएपछि दुई देश व्यापार युद्धको स्थितिमा छन् ।
यो सम्झौता भएको भए अमेरिका भित्रिने क्यानडेली कार र लाइट ड्युटी ट्रकमा लाग्दै आएको ट्यारिफ २५ प्रतिशतबाट घटेर १५ प्रतिशतमा झर्ने थियो । अनि अल्मुनियम र स्टिलमा लाग्दै आएको ट्यारिफ पनि २५ प्रतिशतले घटेर २५ प्रतिशतमा आउँथ्यो । तर अमेरिका भित्रिने मध्यम र हेभी–ड्युटी ट्रकमा लागू भएको ट्यारिफमा राहत हुने वा नहुनेलगायत विषयमा सहमति जुट्न नसक्दा अमेरिका र क्यानडाबीचको व्यापार वार्ता भंग भएको थियो ।
ट्रम्पले सामाजिक सञ्जालमार्फत अमेरिकामै उत्पादन गर्ने कम्पनीका लागि कुनै शुल्क नलाग्ने बताएका छन् । उनले क्यानडासँगको व्यापार सम्बन्धमा अमेरिकी पक्षलाई उचित व्यवहार नगरिएको आरोप लगाउँदै क्यानडालाई अमेरिकाको आवश्यकता बढी रहेको दाबी गरेका छन् । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले भने क्यानडा वार्ताको टेबलमा फर्किएर इमानदारीपूर्वक छलफल गर्नुपर्ने बताएका छन् ।
यता, क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकासँग पारस्परिक लाभ हुने सम्झौता गर्न अझै सम्भव रहेको भनेका छन् । तर त्यसका लागि अमेरिकाले क्यानडाको सार्वभौमिकता र क्यानडाली उद्योगप्रति सम्मानजनक व्यवहार गर्नुपर्ने उनको भनाइ छ । ट्रम्पको चेतावनीपछि अमेरिकी अटो कम्पनीका शेयरमा समेत कमी आएको छ । फोर्डको शेयर ३ दशमलव ६ प्रतिशत, स्टेलान्टिसको ४ दशमलव २ प्रतिशत र जनरल मोटर्सको १ दशमलव ६ प्रतिशतले घटेको थियो । टोयोटाको शेयरमूल्य पनि १ दशमलव ५ प्रतिशत र होन्डाको २ दशमलव १ प्रतिशतले ओरालो लागेको थियो ।
अमेरिका र क्यानडाबीचको अटो उद्योग आपूर्ति शृंखला निकै गहिरो रूपमा जोडिएको छ । अमेरिकी कार उत्पादनमा क्यानडामा निर्मित पाट्र्स र सवारीसाधनको ठूलो निर्भरता रहेकाले थप शुल्क लागू भए अमेरिकी उत्पादक र उपभोक्ता दुवैमाथि लागत बढ्न सक्ने उद्योग क्षेत्रले चेतावनी दिएको छ । क्यानडाको अटोमोटिभ पाट्र्स उत्पादक संघका अध्यक्ष फ्लाभियो भोल्पेले क्यानडाली अटो पाट्र्समा शुल्क लगाइए त्यसको भार अन्ततः अमेरिकी कार उत्पादन उद्योगले नै बेहोर्नुपर्ने भनेका थिए । आवश्यक पाट्र्सको आपूर्ति रोकिए अमेरिकाका कारखानामा उत्पादन नै प्रभावित हुन सक्ने उनको भनाइ छ ।
ट्रम्पले २० अर्ब डलर बराबरका क्यानडेली समानमा ५० प्रतिशतको अतिरिक्त भन्सार महसुल लगाएपछि क्यानडाले पनि पनि त्यस्तै कदमको घोषणा गरेको थियो । ‘तपाईंमाथि आक्रमण भएपछि युद्धको अवस्था आउँछ । हामीमाथि आक्रमण भएको छ,’ शुक्रबार क्यानडा अमेरिकासँग युद्धमा अभिल्झएको हो भन्ने प्रश्नको जवाफमा कार्नीले बताएका थिए ।

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त


अरुपनि पढ्नुहोस
सबै
तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने
















