अर्थ, इतिहास, कर्णाली प्रदेश, कोशी प्रदेश, गण्डकी प्रदेश, घटना, देश, धर्म–संस्कृति/रीतिथिति, प्रदेश, बागमती प्रदेश, मानवअधिकार, मुख्य समाचार, लुम्बिनी प्रदेश, शिक्षा, समाज, साहित्य, सुदुरपश्चिम प्रदेश

आदिवासी मगर प्राज्ञिक सङगोष्ठी – २०८३ काठमाडौमा हुने

याम बहादुर थापा मगर
२०८३ भदौ ९ | बिहान ०८:०५ बजे

याम बहादुर थापा मगर
बागलुङ
भाद्र ९,२०८३
मगर प्राज्ञिक परिषद काठमाडौको आयोजनामा आदिवासी मगर प्राज्ञिक सङ्गोठी – २०८३ काठमाडौमा आगामी मंसिर ४ देखि ६ गतेसम्म हुने जानकारी प्राज्ञिक परिषदका सदस्य सचिव डा. विष्णु कुमारी सिंजाली मगरले दिनु भएको छ । मगर प्राज्ञिक परिषदले हरेक वर्ष सङगोष्ठी आयोजना गर्दैै आएकोमा यस वर्ष सहभागी हुन चाहने अनुसन्धानकर्ताहरुले लेख रचनाको सार पठाउने मिति वि.स.२०८३ साल काििर्तक १० गतेसम्म भएको सुचना मार्फत जानकारी दिइएको छ ।

प्राज्ञिक सङगोष्ठीमा मगर पहिचान, मगरमा सांस्कृतिक विविधता र ऐक्यबद्धता, मगर आदिवासी ज्ञान र शिप, मगर भाषा र साहित्य, मगर राजनीति, मगरहरुको उत्पत्ती र मिथकहरु ,पुरातत्वशास्त्र, मगर इतिहास र भुमि, मगर सभ्यता र विभिन्न विषयमा बहस, बसाईसराइ, मगर अर्थशास्त्र, मगर समुदायमा लैगिंकता र नारीबाद आदि विषयहरुमा सङगोष्ठीमा सहभागी हुन चाहनेहरुको अनुसन्धानमुलक लेख तयार गर्न सक्ने व्यवस्था र मुल्य मान्यता जारी गरिएको छ ।
आदिवासी मगर प्राज्ञिक सङगोष्ठीमा प्रस्तुत भएका लेखहरुको सङगालोको रुपमा जनरल किताब प्रकाशन गर्ने निकट भविष्यमा योजना समेत रहेको जानकारी आयोजकले दिनुभएको छ ।
सङगोष्ठीले पठन संस्कृतिमा टेवा, सकारात्म सोचको विकास, ज्ञान निर्माण र व्यवस्थापन, अमुर्त सस्कृतिलाई अभिलेखीकरण गर्ने र ज्ञान पुस्तान्तरणमा सहयोग गर्ने गर्दछ । आगामी दिनमा संस्कृति र मुल्य मान्यताहरु इतिहास र इन्टरनेटमा अनिर्वाय हुनुपर्ने आवश्यकता महसुस गरीएको अवस्था छ ।

 

कमेन्टहरु