इरानी संसदमा स्वीकृत भयो स्ट्रेट अफ होर्मुजबाट शुल्क उठाउने प्रस्ताव

एजेन्सी


तेहरान । इरानको संसदले स्ट्रेट अफ होर्मुज भएर आवतजावत गर्ने जहाजबाट शुल्क उठाउने प्रस्ताव पारित गरेको छ ।
होर्मुजमा सेवा लिने जहाजबाट शुल्क असुल्ने प्रस्ताव इरानी संसदको राष्ट्रिय सुरक्षा तथा विदेश नीति आयोगले स्वीकृत गरेको हो । आइतबार दिउँसो आयोगको बैठकमा भएका छलफलबारे जानकारी दिँदै स्ट्रेट अफ होर्मुजको सुरक्षा र प्रगतिका लागि रणनीतिक कार्ययोजनाको धारा ३ स्वीकृत गरिएको संसदको राष्ट्रिय सुरक्षा तथा विदेश नीति आयोगका प्रवक्ता हसन कास्कावीले बताए ।
उनका अनुसार स्ट्रेट अफ होर्मुज पार गर्न अनुमति पाएका देशका जहाजबाट उक्त शुल्क असुल गरिनेछ । शुल्क इरानी रियालमा वा इस्लामिक गणतन्त्र इरानले चाहेको अन्य कुनै मुद्रामा लिन सकिने पनि उनले बताए । स्ट्रेट अफ होर्मुजका तटीय राष्ट्रहरूको अधिकारलाई पनि ध्यान दिनुपर्नेमा जोड दिँदै कास्कावीले अन्तर्राष्ट्रिय कानुन तथा नियमले जलमार्गमा आवागमनको स्वतन्त्रतालाई मान्यता दिए पनि तटीय देशको सुरक्षा, सार्वभौमिकताको सम्मान र ती अधिकारको उल्लंघन रोक्नुपर्ने विषयलाई समेत प्राथमिकता दिएको बताइएको छ ।
‘फारसको खाडी र स्ट्रेट अफ होर्मुजका आफ्नै नियम र अवस्था छन्,’ उनले भने ।
सन् १९८२ को समुद्री कानुनसम्बन्धी महासन्धि स्वीकार गरेपछि ओमानले तत्काल राजनीतिक घोषणा जारी गरेको स्मरण गराउँदै उक्त महासन्धिका प्रावधानले आफ्नो राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय सुरक्षामा असर पार्न नहुने ओमानले स्पष्ट पारेको पनि कास्कावीले बताए ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















