सांसद ढकालद्वारा चितवन–१ का विकास आयोजनाको स्थलगत अनुगमन

रासस


नारायणगढ (चितवन), भदौ ८। सांसद हरि ढकालले विकास निर्माणका विभिन्न आयोजना तथा योजनाको स्थलगत अनुगमन गर्नुभएको छ ।उहाँले चितवन क्षेत्र नं १ का आयोजना तथा योजनाको स्थलगत अनुगमन गर्नुभएको हो ।
सभापति ढकालसहित सङ्घीय कार्यालयअन्तर्गतका प्रतिनिधि तथा प्राविधिक टोलीले रत्ननगर नगरपालिकाका विभिन्न वडामा पुगेर गत आर्थिक वर्षदेखि सञ्चालनमा रहेका तथा निर्माणाधीन आयोजनाको प्रगति, गुणस्तर र कार्यान्वयन अवस्थाबारे सम्बन्धित अधिकारी, प्राविधिक तथा स्थानीयसँग जानकारी लिनुभएको हो ।
चालु आर्थिक वर्षमा सञ्चालन हुने नयाँ आयोजना तथा कार्यक्रमका लागि आवश्यक तयारी र सम्भावित कार्यस्थलको समेत स्थलगत अवलोकन गरी योजनालाई समयमै कार्यान्वयनमा लैजाने, गुणस्तरीय र परिणाममुखी बनाउने विषयमा सम्बन्धित निकाय तथा मन्त्रालयसँग आवश्यक समन्वय र पहल गरिने सभापति ढकालले बताउनुभयो ।
स्थलगत अनुगमन टोलीमा जिल्लास्थित सहरी विकास, सिँचाइ, सडक, भौतिक पूर्वाधार, भूमिगत सिँचाइ तथा नारायणी तटबन्धन कार्यालयका प्रमुख तथा प्रतिनिधि सहभागिता थियो ।
सभापति ढकालले भन्नुभयो, “सहरी विकास, सिँचाइ, सडक, भौतिक पूर्वाधार, भूमिगत सिँचाइ तथा तटबन्धनलगायतका क्षेत्रमा भइरहेका र आगामी योजनालाई समयमै, गुणस्तरीय र परिणाममुखी रूपमा अघि बढाउने विषयमा सम्बन्धित निकायसँग आवश्यक समन्वय र पहल गरिरहेका छौँ ।”
यसैबीच, सभापति ढकालले केही दिनअघि जिल्लाका विभिन्न सरकारी कार्यालयका प्रमुखसँग चालु आर्थिक वर्षको बजेट तथा योजना कार्यान्वयनका विषयमा छलफल गर्नुभएको थियो ।
विकास निर्माणका आयोजना तथा कार्यक्रम तोकिएको समयसीमाभित्र गुणस्तरीय रूपमा सम्पन्न गर्न तथा जनताको अपेक्षा र आवश्यकतालाई केन्द्रमा राखेर बजेटको प्रभावकारी कार्यान्वयन र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन निरन्तर पहल गरिने उहाँले बताउनुभयो ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















