महाराष्ट्रस्थित अस्पतालको एनआईसीयूमा आगलागी, तीन नवजात शिशुको मृत्यु

एजेन्सी


मुम्बई । भारतको महाराष्ट्रस्थित अमरावती जिल्ला महिला अस्पतालको एनआईसीयूमा सोमबार बिहान करिब ३:३० बजे आगलागी हुँदा तीन जना नवजात शिशुको मृत्यु भएको छ।
घटना अस्पतालको तेस्रो तलामा भएको हो, जहाँ आगलागीपछि तीव्र रूपमा धुवाँ फैलिएको थियो। आगलागी हुँदा एनआईसीयूमा ३९ जना नवजात शिशु भर्ना रहेका थिए। आगलागी हुनासाथ चिकित्सक, नर्स तथा अस्पतालका कर्मचारीहरूले उद्धार कार्य सुरु गरी धेरै बालबालिकालाई सुरक्षित बाहिर निकालेका थिए।
प्रारम्भिक अनुसन्धानमा एनआईसीयूमा राखिएको भेन्टिलेटरभित्र विस्फोट भएपछि आगलागी भएको आशङ्का प्रहरीले गरेको छ। घटनाको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















