समाज

विश्वासको मत लिँदै मुख्यमन्त्री थापा

रासस
२०८३ भदौ ८ | मध्यान्ह १२:०५ बजे

मकवानपुर । वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले आज (भदौ ८) विश्वासको मत लिने भएका छन् । यसनिम्ति प्रदेशसभा बैठक आज दिउँसो १ः०० बजे बस्दै छ ।

बैठकमा मुख्यमन्त्री थापाले विश्वासको मतको प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को समर्थनसहित दाबी पेस गरेका थापालाई यही भदौ ४ गते वाग्मतीका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

मुख्यमन्त्रीमा गरिएको समर्थनप्रति राप्रपामा विवाद छ । नेपाली कांग्रेसले विश्वासको मतको प्रस्तावका विपक्षमा मतदान गर्न पार्टीका प्रदेशसभा सदस्यहरूलाई ‘ह्वीप’ जारी गरेको छ ।

कमेन्टहरु