अपराध

२ क्विन्टल गाँजासहित टिपर र चालक नियन्त्रणमा

नवलपुर टुडे
२०८३ भदौ ८ | बिहान १०:०५ बजे

काठमाडौं । उदयपुरको कटारी नगरपालिका-४, स्थित मरुवा खोलाबाट १९९.३२ केजी गाँजासहित टिपर र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले करिब २ क्विन्टल गाँजासहित टिपर र चालकलाई नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले ना.७ ख ८१७३ नम्बरको टिपर चेकजाँच गर्ने क्रममा उक्त गाँजा फेला पारेको जनाइएको छ । चेकजाँचका क्रममा टिपरमा ९ वटा बोरामा लुकाइ ल्याएको १९९.३२ केजी गाँजा बरामद गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

टिपरका चालक सोम मगरलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

कमेन्टहरु