सुदूरपश्चिम बाजुराको प्रमुख धार्मिक आस्थाको धरोहर बडीमालिका पूजाको लागी बाजुराबाट सरकारी टोली प्रस्थान

नवलपुर टुडे


बाजुरा, भदौ ८ । सुदूरपश्चिमको प्रमुख धार्मिक आस्थाको धरोहर धर्तिको भू—स्वर्ग बडीमालिका पूजाको लागी बाजुराबाट सरकारी टोली प्रस्थान गरेको छ । जगत जननी बडीमालिकामा जनैपूर्णिमाको अवसरमा हुने विशेष पूजा तथा धार्मिक अनुष्ठानमा सहभागी हुन जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षकको नेतृत्वको टोली त्यसतर्फ प्रस्थान गरेको हो ।
सोमबार विहान सदरमुकाम मार्तडीस्थित बडीमालिका मन्दिर परिसरमा नेपाली सेना,नेपाल प्रहरी सशस्त्र प्रहरीको एक टुकुडीको सलामी सहित सरकारी टोलीको विदाई गरिएको हो । बडीमालिका नगरपालिका लगायत स्थानीय पालिकाहरुका आ९आफ्नै पूजा टोली पनि पुजाका लागि गएका छन् । यस अघि डोटी, धनगढी लगायत ठाउँबाट सरकारी टोली बडीमालिका गइसकेका छन् ।
बडीमालीका जानुअघि सदरमुकाम मार्तडीमा धार्मिक विधिअनुसार पूजाआजा गरिएको थियो । परम्परागत मागल, टीका, कलस, जमरा, बाजा सहित टोलीको भव्य विदाई गरिएको हो । परापूर्व कालदेखि बडीमालिकाको पूजा गर्ने प्रचलनअनुसार जिल्लाको सरकारी टोली डोलीसहित बडीमालिका मन्दिरतर्फ लागेको हो ।
हरेक वर्ष श्रावण शुक्ल चतुर्दशी ९जनै पूर्णिमाको अघिल्लो दिन० बडिमालिका मन्दिरमा पूजाआजा गर्ने प्रचलन अनुसार,जिल्लाबाट सरकारी टोली बडीमालिका तर्फ प्रस्थान गरेको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताए । धार्मिक परम्परा अनुसार,सलामी,डोली,बाजागाजा सहित भव्य विदाई गरिएको उनले जानकारी दिए ।
बडीमालिका दर्शन गरेमा इच्छाएको वरदान प्राप्त हुने जनविश्वासका कारण यहाँ पुग्नेको घुइँचो लाग्ने गर्छ । नेपाल मात्रै नभएर भारतको उत्तराखण्डमा पर्ने कुमाउ,गढवाल, पिथौरागढ लगायतका ठाउँबाट पनि तीर्थयात्री बडीमालिका पुग्ने गरेका छन् ।
बडीमालिका धार्मिक आस्थाका साथै प्राकृतिक सौन्दर्यका हिसाबले निकै महत्त्वपूर्ण आस्थाको क्षेत्र हो । समुन्द्री सतहदेखी करिब ४ हजार २ सय मिटरको उचाईमा रहेको बडीमालिका क्षेत्र विशाल हरिया फाँट, पाटन, त्रिवेणी, खेतीवेती, लौरी विनायक, धर्मद्वार, यहाँका मुख्य आकर्षक केन्द्र हुन् ।
बडीमालिकालाई सति देविको रुपमा लिईन्छ । सति देविको बायाँ कुम पतन भए पछि यसको उत्पति भएको धार्मिक विश्वास छ । यो पर्यटकीय क्षेत्र मात्र नभई धार्मिक हिसाबमा अझै महत्त्वपूर्ण मानिन्छ । सुन्दर हिमाल,मनोरम प्राकृतिक दृश्य, हरियाली फाँट, उकालो, ओरालो मैदान, भेडा, घोडा, डाँफे, बहुमुल्य जडिबुटी यहाँका गहना हुन् ।
बडीमालिकामा पूजाको लागी डोटीबाट डोल,जुम्लाको चन्दनाथ मन्दिर र कालिकोटबाट सरकारी टोली बाजुरा पुगाई सरकारी टोली पूजा,बाजागाजा सहित बडीमालिका लैजाने प्रचलन रहिआएको छ । नेपाली सेनाले यहाँ प्राचिन स्मारक २०१३ अनुसार,पुरातत्व विभागको डिजाइनमा कलात्मक मन्दिर निर्माण समेत गरेको छ । हरेक बर्ष मेला लाग्ने बडीमालिकामा बाजुरासँगै डोटी,जुम्ला,कालिकोटबाट समेत सरकारी टोली पुग्ने परम्परा छ ।
पछिल्लो समय यहाँ पर्यटकको आकर्षण बढ्दै गएको छ । चुनावी अभियानका क्रममा प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन०ले धनगढीमा आयोजित एक कार्यक्रममा बडीमालिकालाई ‘स्वीजरल्याण्डको बाउ’ भनेर सम्बोधन गरे पश्चात् झनै चर्चामा आएको हो ।

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त


अरुपनि पढ्नुहोस
सबै
तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने
















