दुबई यूएई, धर्म–संस्कृति/रीतिथिति, प्रबास

३२औँ विश्व आदिवासी दिवसको समीक्षा तथा नेफिन यूएईको छैठौं बैठक सम्पन्न

कबिराज राजबंशी
२०८३ भदौ ७ | मध्यान्ह ११:०५ बजे

IMG20260823150217

प्रवास दुबई, यूएई |

नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) यूएई तथा आबद्ध जातीय संस्थाहरूको आयोजनामा सम्पन्न ३२औँ विश्व आदिवासी दिवस–२०२६ कार्यक्रमको समीक्षा बैठक तथा नेफिन यूएईको छैठौं बैठक 23 अगस्त आइतबार वर दुबईस्थित माउण्ट एभरेस्ट टाइपिङ सेन्टरमा सम्पन्न भएको छ।

 

नेफिन यूएईकी अध्यक्ष भगिरथी कुमार भगत ज्यूको सभापतित्वमा सम्पन्न बैठकमा संस्थाकी महासचिव मनिषा लिम्बु र सचिव देव घर्तीले कार्यक्रम सञ्चालन गरेका थिए।

IMG20260823150228

बैठकमा महासंघमा आबद्ध क्रियाशील १२ वटा जातीय संस्थाका प्रमुख तथा प्रतिनिधि, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (FONIJ) यूएईका प्रतिनिधि, संस्थाका सल्लाहकारहरू तथा संरक्षक समितिका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

 

बैठकमा हालै सम्पन्न ३२औँ विश्व आदिवासी दिवस कार्यक्रमको समग्र समीक्षा गर्दै कार्यक्रमको उपलब्धि, सहभागिता, व्यवस्थापन तथा आगामी दिनमा अझ प्रभावकारी रूपमा आदिवासी जनजातिका गतिविधि सञ्चालन गर्ने विषयमा छलफल गरिएको थियो।

 

समीक्षाका क्रममा नेफिन यूएईको इतिहासमै यस वर्षको ३२औँ विश्व आदिवासी दिवस कार्यक्रम सभ्य, भव्य र व्यवस्थित रूपमा सम्पन्न भएको निष्कर्ष निकालिएको छ। विगतका वर्षहरूको तुलनामा यसपटक कार्यक्रममा उल्लेखनीय रूपमा बढी सहभागिता रहेको भन्दै सहभागीहरूले आयोजक तथा आबद्ध जातीय संस्थाहरूको सक्रिय भूमिकाको प्रशंसा गरेका थिए।

 

बैठकले कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण जातीय संस्था, संघसंस्था, सहयोगी, कलाकार, सञ्चारकर्मी, स्वयंसेवक तथा सहभागीहरूप्रति धन्यवादसमेत व्यक्त गरेको छ।

 

समीक्षा बैठकमा आगामी दिनमा नेफिन यूएईलाई थप प्रभावकारी, समावेशी र एकताबद्ध बनाउँदै यूएईमा रहेका आदिवासी जनजाति समुदायको भाषा, संस्कृति, परम्परा, पहिचान र अधिकार संरक्षण तथा प्रवर्द्धनका लागि संस्थागत रूपमा थप सक्रिय भएर अघि बढ्ने विषयमा समेत छलफल भएको थियो।

 

बैठकमा सहभागी प्रतिनिधिहरूले आदिवासी जनजाति समुदायबीचको एकता, सहकार्य र संस्थागत समन्वयलाई अझ मजबुत बनाउनुपर्नेमा जोड दिएका थिए।

कमेन्टहरु