इरान ‘पूर्ण युद्ध’मा छः राष्ट्रपति पेजेस्कियान

एजेन्सी


तेहरान । इरानका राष्ट्रपति मसुद पेजेस्कियानले आफ्नो देश अहिले ‘पूर्ण युद्ध’को अवस्थामा रहेको बताएका छन् । अमेरिकाले इरानमाथि थप कडा प्रतिबन्ध लगाउने तयारी गरिरहेका बेला उनले देशको आर्थिक अवस्था निकै कठिन रहेको समेत स्वीकार गरेका हुन् ।‘यी समस्या उत्पन्न भएकामा हामी क्षमाप्रार्थी छौँ । हामी पूर्णस्तरको आर्थिक, सैन्य र सुरक्षा युद्धमा फसेका छौँ,’ पेजेस्कियानलाई उद्धृत गर्दै इरानी सरकारी समाचार संस्था इरनाले आइतबार भनेको छ ।
वर्षौँदेखिको अमेरिकी प्रतिबन्धका कारण कमजोर बनेको इरान अहिले युद्धको दबाबसँग पनि जुधिरहेको छ । यहीबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी अर्थतन्त्रलाई थप दबाबमा पार्ने चेतावनी दिएका छन् ।
इरानको अर्थतन्त्रलाई धराशयी बनाउन ट्रम्पले इरानसँग कारोबार गर्ने वा उसलाई कुनै पनि आर्थिक सहायता दिने देशलाई गम्भीर आर्थिक परिणाम भोग्ने चेतावनी दिएका थिए । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले पनि यसअघि तेहरानविरुद्ध “यसअघि कहिल्यै नदेखिएका” आर्थिक कदम चाल्ने प्रतिबद्धता जनाएका थिए ।

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त


अरुपनि पढ्नुहोस
सबै
तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने
















