इबोला प्रकोपबिच डीआर कङ्गोमा १६ हजार २५० डोज खोप आइपुग्यो

एजेन्सी


कङ्गो । इबोलाको प्रकोपबाट प्रभावित डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो (डीआर कङ्गो)मा १६ हजार २५० डोज ‘एर्भेबो’ खोप आइपुगेको छ । देशमा इबोलाको १७औँ प्रकोप तीव्र रूपमा फैलिरहेका बेला शुक्रबार खोपको पहिलो खेप आइपुगेको हो ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार डीआर कङ्गोले जर्मनीमा उत्पादित एर्भेबो खोपको कुल ७० हजार डोज प्राप्त गर्नेछ । तीमध्ये २० हजार डोज चिकित्सकीय परीक्षणका लागि र ५० हजार डोज अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मीलगायतका लागि प्रयोग गरिनेछ ।
डीआर कङ्गोका स्वास्थ्यमन्त्री शमूएल रोजर काम्बाले एर्भेबो खोप यसअघि पनि विशेषगरी सन् २०१८–२०२० को इबोला प्रकोपका क्रममा ठूलो मात्रामा प्रयोग गरिएको बताए ।
डीआर कङ्गोमा मे १५ मा इबोलाको १७औँ प्रकोप घोषणा गरिएको थियो । तर योभन्दा केही साताअघिदेखि नै सङ्क्रमण फैलिन थालेको अनुमान गरिएको छ । देशका उत्तर तथा पूर्वी क्षेत्रहरूमा स्वास्थ्य पूर्वाधारको अभाव र सशस्त्र समूहको गतिविधिका कारण सङ्क्रमण नियन्त्रण चुनौतीपूर्ण बनेको छ ।
कङ्गोली अधिकारीका अनुसार हालसम्म पाँच हजार २९० पुष्टि भएका सङ्क्रमितमध्ये दुई हजार ५१६ जनाको मृत्यु भइसकेको छ । संयुक्त राष्ट्रसङ्घका वरिष्ठ इबोला संयोजक जुलियन हार्निसले प्रकोप तीव्र गतिमा फैलिरहेको चेतावनी दिए ।
डब्लुएचओका खोप विज्ञहरूले बुन्डिबुग्यो स्ट्रेनविरुद्ध एर्भेबोले सुरक्षा प्रदान गर्छ कि गर्दैन भन्ने यकिन गर्न मानव परीक्षण गर्न सिफारिस गरेका छन् । उक्त स्ट्रेनलाई लक्षित गर्ने अन्य खोपहरू पनि हाल चिकित्सकीय परीक्षणको चरणमा छन् ।
पछिल्लो पाँच दशकमा इबोलाका कारण अफ्रिकामा १५ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

हङकङका लोकतन्त्रवादी अभियन्ता जोसुवा वङलाई १० वर्षको जेल सजाय

‘पैसा डबल’ गर्ने भन्दै ठगी गर्ने रजक पुनः पक्राउ

रौतहटको डुमरियामा दुई यात्रुबाहक बसबाट भन्सार छलीका सामान बरामद, मूल्य २ लाख २२ हजारभन्दा बढी

वायु प्रदूषण जोखिम कम गर्न काठमाडौँ महानगरको आग्रह

दाङमा दैनिक दुई हजार ५०० कार्टुन अण्डा उत्पादन
अरुपनि पढ्नुहोस
सबै
राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणको प्रक्रिया थालियो

बाख्रापालनको तरिका सिकाउँदै तनहुँ जलविद्युत् आयोजना


मौरिस हर्जोग पदमार्गमा सूचना केन्द्र स्थापना
















