सात वर्षीय छोरालाई माउन्ट फुजीमा एक्लै छाड्ने बुबाले मागे माफी

एजेन्सी


जापान । एक व्यक्तिले आफ्ना सात वर्षीय छोरालाई माउन्ट फुजी आरोहणका क्रममा घण्टौँसम्म एक्लै छाडेपछि प्रहरीले अभिभावकीय लापर्वाहीबारे चेतावनी दिएको छ ।
शिजुओका प्रान्तका प्रहरीले बिहीबार माउन्ट फुजीमा ती बालकलाई एक्लै फेला पारेपछि संरक्षणमा लिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
टिभी असाहीका अनुसार बालकलाई करिब आठ घण्टासम्म खाजा र पेय पदार्थका साथ त्यहीँ पर्खन भनिएको थियो । उनीसँग पैसा भने थिएन । पहाडी विश्रामस्थलका कर्मचारीले बालकलाई एक्लै देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले माउन्ट फुजीको आठौँ स्टेशनमा रहेका बुबालाई सम्पर्क गरी बालकलाई उनको जिम्मा लगाएको जनाएको छ ।
प्रहरीका अनुसार बुबाले आफ्नो व्यवहारप्रति माफी माग्दै लापर्वाही भएको स्वीकार गरेका छन् । प्रहरीले बालकलाई एक्लै छाड्नु जोखिमपूर्ण हुने भन्दै अभिभावकलाई सावधानी अपनाउन चेतावनी दिएको छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















