समाचार

काठमाडौंको बाँसबारीमा साढे २ तले घर भासियो

नवलपुर टुडे
२०८३ भदौ ५ | बिहान १०:०५ बजे

काठमाडौं । काठमाडौंमा साढे दुई तले घर भासिएको छ । काठमाडौं महानगरपालिका- ३, बाँसबारीमा रहेको उक्त घर भासिएको हो ।

काठमाडौं महानगरपालिकाका अनुसार बिहीबार (भदौ ४) बेलुका करिब ८ बजे उक्त घर भासिएको हो । उक्त घरमा न्यु गण्डकी गेष्ट हाउस सञ्चालनमा थियो ।

महानगरपालिकाले वर्षाका घर भासिएको जनाएको छ । यो घरमा अहिले कोही नरहेकोले मानवीय क्षतिको जोखिम भने नरहेको महानगरपालिकाले जानकारी दिएको छ ।

 

कमेन्टहरु