वीरगन्जको बाल सुधार गृहबाट चार दिनदेखि एकजना युवक फरार

नवलपुर टुडे


वीरगन्ज । वीरगन्ज बाल सुधार गृहबाट एकजना युवक फरार भएका छन् । लागु औषध कसुरमा सुधार गृह पुगेका युवक १७ वर्षीय युवक चार दिनदेखि फरार रहेको तथ्य उजागर भएको छ । सर्लाही सर्लाही गडौता नगरपालिका घर भएका ती युवकलाई फरार भए लगत्तै खोजबिन सुरु गरिएको प्रहरीले जनाएको छ ।
झ्यालबाट हाम फालेर युवक बाल सुधार गृहबाट फरार भएको पर्सा प्रहरीले पुष्टि गरेको छ । मंगलबार बिहान साढे ५ बजेतिर १७ वर्षीय “क” नाम गरेको युवक फरार भएको पर्सा प्रहरीका प्रवक्ता डिएसपी चक्र मल्लले जानकारी दिए । उनका अनुसार बिहानको समयमा बाल सुधार गृहको पछाडिको झ्यालबाट १७ वर्षीय युवक फरार भएका हुन ।
लागु औषध अभियोगमा उनी अदालतको फैसला बमोजिम बाल सुधार गृहमा पुगेको प्रहरीले जानकारी दिएको छ । करिब एक साता अगाडि मात्रै अदालतको फैसलापछि उनलाई सुधार गृहको हिरासतमा राखिएको थियो । तर अझैसम्म फेला पार्न नसकिएको पर्सा प्रहरी प्रवक्ता डिएसपी मल्लले बताए ।

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त


अरुपनि पढ्नुहोस
सबै
तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने
















