बनेपामा एक महिने ‘गुँला’ पर्व मनाइँदै

नवलपुर टुडे


काभ्रेपलाञ्चोक । बनेपाको मानन्धर तथा शाक्यहरु ‘गुँला’ पर्व मनाउन व्यस्त देखिएका छन् । यस अवसरमा वाँख्यो दाफा भजनखलः ले नौ–बाजासहित विभिन्न बौद्ध, विहार, चैत्य, वहीलगायत तीर्थस्थल परिक्रमा गरिरहेका छन् ।
यसपर्व एक महिनासम्म मनाइने गरिएको छ । बाजागाजा बजाउँदै विभिन्न तीर्थस्थलको परिक्रमा गर्ने परम्परालाई यस वर्ष पनि निरन्तरता दिएका हुन् । यस पर्वले नेवार समुदायको मौलिक कला, सङ्गीत, बाजागाजा, दाफा संस्कृति र सामाजिक एकताको प्रदर्शनका रुपमा लिइने गरिएको स्थानीय विश्वराम मानन्धरले बताए ।
स्थानीय संस्कृतिकर्मीका अनुसार नयाँ पुस्तालाई सहभागी गराउँदै बाजा बजाउने, भजन गाउने र धार्मिकस्थल परिक्रमा गर्ने अभ्यास गराइनुले मौलिक संस्कृति पुस्तान्तरणमा महत्वपूर्ण योगदान पुगेको छ ।
यस पर्वमा विशेषगरी बौद्ध धर्मावलम्बीले भगवान् बुद्धप्रति श्रद्धा प्रकट गर्दै विहार तथा चैत्यको दर्शन गर्ने, दीप प्रज्ज्वलन गर्ने, पूजा तथा प्रार्थना गर्ने र धार्मिक यात्रामा सहभागी हुने गर्दछन् । धार्मिक आस्था र सांस्कृतिक परम्परालाई एकसाथ अघि बढाउने भएकाले यस पर्व नेवार समुदायको मौलिक जीवनशैलीसँग गहिरोसँग जोडिएको पर्वका रुपमा स्थापित गराइएको हो ।
वाँख्यो दाफा भजन खलःले यस पर्वका अवसरमा गर्दै आएको सांस्कृतिक परिक्रमा कार्यक्रमले धार्मिक आस्थासँगै बनेपाको मौलिक सांस्कृतिक पहिचानलाई पनि उजागर गर्दै आएको बताइन्छ । पुस्तान्तरण हस्तान्तरण हुँदै आएको दाफा–भजन, परम्परागत बाजागाजा र सामूहिक धार्मिक–यात्रालाई निरन्तरता दिँदै खलःले नयाँ पुस्तालाई आफ्नो इतिहास, संस्कृति र परम्परासँग जोड्ने प्रयास गरिरहेको छ ।

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त


अरुपनि पढ्नुहोस
सबै
तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने
















