धौवादी फलाम खानीबाट ९ करोड ६० लाख धाउ उत्खननको योजना

रासस


काठमाडौँ । धौवादी फलाम कम्पनी लिमिटेडले नवलपरासीको हुप्सेकोट गाउँपालिका–५, धौवादीमा रहेको फलाम खानी उत्खननसम्बन्धी योजना तयार गरेको छ ।
कम्पनीले करिब ४१ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको फलाम खानीबाट ९ करोड ६० लाख धाउँ फलाम उत्खनन गर्न सकिने योजनासहितको प्रतिवेदन खानी तथा भू–गर्भ विभागमा बुझाएको हो ।
नेपालमा फलामको व्यावसायिक उत्पादन गर्ने उद्देश्यले धौवादी फलाम कम्पनी लिमिटेड स्थापना गरिएको हो । कम्पनीका निर्देशक शैलेशकुमार थापाले जमिनमुनिको फलामको नमुना परीक्षणका लागि विभिन्न १२ स्थानमा गरी एक हजार ५०० मिटर ड्रिलिङकार्य सम्पन्न गरिएको जानकारी दिए ।
हाल वातावरणीय प्रभाव मूल्याङ्कनको काम भइरहेको र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने कामसमेत छिट्टै सुरु गरिने कम्पनीले जनाएको छ ।
खानी सञ्चालनमा आएपछि उत्पादित फलामजन्य वस्तुले मुलुकको समग्र मागको करिब २५ प्रतिशत आयात प्रतिस्थापन गर्न सक्ने अपेक्षा गरिएको निर्देशक थापाले बताए । खानी सञ्चालनबाट ठूलो सङ्ख्यामा रोजगारी सिर्जना भई राष्ट्रिय अर्थतन्त्रमा योगदान पुग्ने उनको विश्वास छ ।
खानीसम्म पुग्न आवश्यक पूर्वाधार निर्माण तथा सडक स्तरोन्नतिको काम भइरहेको कम्पनीले जनाएको छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















