४०० खर्ब डलरमा उक्लियो अमेरिकाको ऋण

एजेन्सी


वासिङटन डीसी । अमेरिकाको कूल कर्जा ४०० खर्ब डलरमाथि उक्लिएको छ । ऋणको आकारले पहिलो पटक यो स्तर नाघेको हो । सरकारी खर्च आम्दानीभन्दा निरन्तर बढी भइरहेका बेला यो स्तरमा पुगेको ऋणले अमेरिकाले गम्भीर वित्तीय सङ्कटको सामना गर्न सक्ने चिन्ता बढाएको छ ।
डोनाल्ड ट्रम्पले पहिलो पटक राष्ट्रपतिको कार्यभार सम्हाल्दा सन् २०१७ जनवरीमा ऋणको आकार १९९ खर्ब ५० अर्ब डलर रहेको अमेरिकी अर्थ मन्त्रालयको तथ्याङ्कले देखाएको छ । त्यसयता ऋण बढेर दोब्बरभन्दा माथि उक्लिएको छ ।
ट्रम्प दोस्रो पटक राष्ट्रपति बनेर सन् २०२५ जनवरीमा पद सम्हालेयता मात्रै अमेरिकी ऋण ३८ खर्ब डलर थपिएको छ । उनका दुई कार्यकाललाई जोड्दा ऋण ११६ खर्ब डलरले बढेको छ ।
त्यस्तै, बाइडेनको कार्यकालमा अमेरिकी ऋण ८४ खर्ब डलरले बढेको थियो । महामारीपछिको आर्थिक पुनरुत्थानसँगै पूर्वाधार विकास, स्वच्छ ऊर्जामा अनुदान तथा अन्य सरकारी कार्यक्रमका लागि भएको ठुलो खर्चले ऋण बढाएको हो ।
अमेरिकी सङ्घीय कार्यक्रमहरूमा सरकारको आम्दानीभन्दा धेरै खर्च भइरहेको केन्द्रीय विचारधारा भन्दा बाहिर रहेर नीति अध्ययन गर्ने बाइपार्टिसन पोलिसी सेन्टरकी प्रमुख कार्यकारी मार्गरेट स्पेलिङ्सले बताइन् । उनका अनुसार सङ्घीय बजेटका ठुला खर्चका क्षेत्रहरू निरन्तर बढिरहेका छन् ।
४०० खर्ब डलरको ऋणलाई अमेरिकी जनसङ्ख्या माझ बाँड्दा प्रत्येक अमेरिकीको टाउकोमा झन्डै १ लाख १७ हजार डलर पर्छ । हरेक परिवारलाई सरदर बाँड्ने हो भने यो २ लाख ९७ हजार डलर हुन्छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















