झापामा गत आर्थिक वर्षमा ६ झोलुङ्गे पुल निर्माण

नवलपुर टुडे


झापा । जिल्ला पूर्वाधार विकास कार्यालयले गत आर्थिक वर्षमा झापाका विभिन्न स्थानमा छवटा झोलुङ्गे पुल निर्माण सम्पन्न गरेको छ । कार्यालयका प्रमुख राजेश्वर महतोका अनुसार निर्माण सम्पन्न भएका झोलुङ्गे पुलको कुल लम्बाइ २२८ मिटर रहेको छ ।
कार्यालयका अनुसार गौरादह नगरपालिका–१ बाट कमल बासबारी जोड्ने सडकअन्तर्गत कृष्णखोलामा, गौरादह नगरपालिका–५ स्थित निरौला गाउँको चन्दु खोलामा र दमक नगरपालिका–८ र ९ स्थित जलपाथिभरा देवी जाने बाटोअन्तर्गत दिपेनी खोलामा झोलुङ्गे पुल निर्माण सम्पन्न भएका छन् ।
यसैगरी, गत आवमै मेचीनगर नगरपालिका–४ र भद्रपुर नगरपालिका–९ जोड्ने फुलबासा खोलामा ५० मिटर लामो मोटरेबल सडक पुल निर्माण सम्पन्न भएको कार्यालयका प्रमुख महतोले जानकारी दिए ।
पूर्वाधार निर्माणतर्फ कार्यालयले गत आवमा ५१ किलोमिटर सडक कालोपत्र गरेको छ । यस्तै, ३२.८० किलोमिटर सडक ग्राभेल, ९.५२ किलोमिटर सडकमा आरसिसी ढलान र ९०० मिटर सडक मर्मतसम्भार गरिएको कार्यालयले जनाएको छ । गत आवका लागि कार्यालयलाई रु एक अर्ब ५१ करोड १४ लाख ७८ हजार बजेट विनियोजन भएकामा रु एक अर्ब पाँच करोड ४५ लाख ६४ हजार ५४० खर्च भएको छ ।
कार्यालयका अनुसार पुल तथा सडक निर्माणका यी कामले जिल्लाका ग्रामीण तथा दुर्गम क्षेत्रलाई सडक सञ्जालसँग जोड्न तथा स्थानीय बासिन्दाको आवागमन सहज बनाउन योगदान पुर्याएको छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















