बिहारको अशोकधाम मन्दिरमा भागदौड, सात जनाको मृत्यु

एजेन्सी
२०८३ भदौ १ | मध्यान्ह १२:०५ बजे

याँ दिल्ली। सोमबार बिहान भारत बिहारको लखीसरायस्थित प्रसिद्ध अशोकधाम मन्दिरमा भागदौड हुँदा सात जनाको मृत्यु भएको छ। यस घटनामा धेरै जना घाइते भएका छन्। साउनको सोमबारी व्रतका लागि मन्दिर र आसपासका क्षेत्रमा ठुलो सङ्ख्यामा भक्तजनहरू भेला भएका थिए।
घटनामाथि गहन छानबिन भइरहेको एसडीपीओ शिवम कुमारले बताएका छन्। स्थानीय प्रशासनले घटनाको मुख्य कारणबारे अनुसन्धान गरिरहेको जनाएको छ। अशोकधाम लखीसरायको एक प्रमुख धार्मिक स्थल हो, जहाँ साउन महिनामा ठुलो सङ्ख्यामा भक्तजनहरू आउने गर्छन्। विशेष गरी सोमबारका दिन मन्दिरमा भक्तजनहरूको उपस्थिति सामान्य दिनको तुलनामा निकै धेरै हुने गर्छ।






















