रास्वपा शिवराज–३ वडा कमिटीको कार्यक्रम सम्पन्न

नन्द किशोर कुर्मी (लालु)
२०८३ साउन ३१ | मध्यान्ह ०८:०४ बजे

कपिलवस्तु । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) शिवराज नगरपालिका–३ वडा कमिटीको कार्यक्रम केसर महतराको अध्यक्षतामा सम्पन्न भएको छ।
कार्यक्रममा रास्वपा जिल्ला उपसभापति रामनिवास पुरी प्रमुख अतिथिका रूपमा उपस्थित थिए। त्यस्तै निर्मला सुनार र बालकृष्ण पाण्डे विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए।
कार्यक्रममा वडा कमिटीका पदाधिकारी, सदस्य तथा स्थानीय कार्यकर्तालगायतको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा संगठन विस्तार, पार्टीका आगामी गतिविधि तथा स्थानीयस्तरमा जनतासँग जोडिएर काम गर्ने विषयमा छलफल भएको जनाइएको छ।






















