युक्रेनमा रुसकाे आक्रमण, ३ जनाको मृत्यु

एजेन्सी


किभ । रुसले युक्रेनका विभिन्न क्षेत्रमा गरेको पछिल्लो हवाई आक्रमणमा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने १० जनाभन्दा बढी घाइते भएका छन् । रुसी क्षेप्यास्त्र र ड्रोन आक्रमणपछि राजधानी किभसहित विभिन्न क्षेत्रमा क्षति पुगेको युक्रेनी अधिकारीहरूले बताएका छन् ।
किभमा रातभर भएको आक्रमणका क्रममा एउटा पुस्तक बजारमा पनि आगलागी भएको छ । रुसी क्षेप्यास्त्र र ड्रोनबाट भएको आक्रमणपछि अग्नि नियन्त्रकहरूले आगो नियन्त्रणमा लिने प्रयास गरेका थिए ।
दक्षिणी सहर जापोरिज्जियामा भने रुसी निर्देशित हवाई बमले एउटा घर ध्वस्त पार्दा दुई जनाको मृत्यु भएको क्षेत्रीय प्रमुख इभान फेदोरोभले बताएका छन् । त्यस्तै, डिनिप्रोपेत्रोभ्स्क क्षेत्रमा भएको आक्रमणमा एक जनाको मृत्यु र १४ जना घाइते भएको अधिकारीहरूले बताएका छन् ।
यसैबिच, रुसले पनि युक्रेनबाट ठुलो सङ्ख्यामा ड्रोन आक्रमणको सामना गरेको छ । मस्कोका मेयर सर्गेई सोबियानिनका अनुसार रातभर राजधानीतर्फ करिब ६०० युक्रेनी ड्रोन प्रहार गरिएका थिए । तीमध्ये करिब एक तिहाइ ड्रोन नष्ट गरिएको उनको दाबी छ ।
मस्कोबाट करिब २५ किलोमिटर टाढा कोलेदिनोमा रहेको रुसी अनलाइन खुद्रा कम्पनी वाइल्डबेरीजको गोदाम पनि ड्रोन आक्रमणमा परेको सोबियानिनले बताएका छन् । घटनापछि गोदाममा ठुलो आगलागी भएको र आकाशमा बाक्लो धुवाँ देखिएको थियो । आक्रमणमा रुसतर्फ तीन जना घाइते भएको बताइएको छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















