जिम्बाबेमा डुङ्गा पल्टिँदा ७२ जनाको मृत्यु

एजेन्सी


हरारे । जिम्बाबेम डुङ्गा पल्टिँदा कम्तीमा ७२ जनाको मृत्यु भएको छ । करिबा तालमा यात्रुले खचाखच भरिएको डुङ्गा पल्टिएको प्रहरीले बताएको छ । उद्धारकर्मीहरूले अरू २६ जनको शव भेट्टाएको र योसँगै मर्नेको संख्या ७२ पुगेको प्रहरीले बताएको छ ।
दुघर्टनामा परेको डुङ्गा निकै थोत्रो भइसकेको र यो करिबा सहरबाट देशको उत्तरपश्चिमतर्फ रहेको ग्रामीण भेगतिर गइरहेको बताइएको छ ।
टिकट काट्नु पर्ने साना बालबालिकालाई यात्रुको सूचीमा नराखिने भएकोले सुरुमा अधिकारीहरूले डुङ्गामा सवार बालबालिकाहरूको संख्या अज्ञात बताएका थिए । तर मृतकमध्ये १६ जना १० वा सोभन्दा कम उमेरका भएको प्रहरीले जारी गरेको मृतकको सूचिले देखाएको छ ।
करिबा संसारको सबैभन्दा ठुलो मानव निर्मित ताल हो । आयतनको हिसाबले यो विश्वको सबैभन्दा ठुलो ताल पनि हो । सन् १९५० को दशकको अन्त्य र १९६० को दशकको सुरुवातमा जाम्बेजी नदीमा बाँध लगाएर यो बाँध बनाइएको थियो ।
ताल २०० किलोमिटर (१२४ माइल) भन्दा लामो यो ताल ठाउँठाउँमा ४० किलोमिटर (२५ माइल) सम्म चौडा छ । यो ताल जिम्बाब्वे र जाम्बिया दुवै देशको हो । तालको बिच भागमा दुई देशको सिमाना छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















