कोलम्बियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २८७ पुग्यो, ४०० अझै बेपत्ता

एजेन्सी
२०८३ साउन ३० | मध्यान्ह ०२:०४ बजे

कोलम्बिया । कोलम्बियामा गत सोमबार गएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या २८७ पुग्नुका साथै करिब ४०० जना अझै बेपत्ता रहेको जनाइएको छ ।
कोलम्बियाका अधिकारीहरूले काली र पेरेरा सहरमा दुई तिहाइ भन्दा मानिसहरुको मृत्यु भएको बताएका छन् । घाइतेहरूमध्ये आधाभन्दा बढी प्रमुख सहरी केन्द्रहरूमा रहेको जनाउँदै अधिकारीहरुले पेरेरामा उद्धार टोलीहरू एउटा क्षतिग्रस्त होटलको भग्नावशेषमुनि फसेका चार जनाको उद्धार गर्नको लागि तैनाथ रहेको बताएका छन् ।
भूकम्पले यस क्षेत्रको पूर्वाधारलाई प्रभावित बनाउनुका साथै हजारौँ परिवारलाई अस्थायी सुविधाहरूमा आश्रय लिन बाध्य पारेको जनाइएको छ । भकूम्प पछि आएका शक्तिशाली पराकम्पहरुको श्रृङ्खलाले उद्धार तथा राहत कार्यलाई थप जटिल बनाउनुका साथै पहिले नै क्षतिग्रस्त भएका भवनहरूमा थप जोखिम बढाएको जनाइएको छ ।






















