देश

परराष्ट्रमन्त्री खनालद्वारा भारतको स्वतन्त्रता दिवसको शुभकामना

नवलपुर टुडे
२०८३ साउन ३० | मध्यान्ह ०१:०४ बजे

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा भारतका विदेशमन्त्री एस. जयशङ्कर, भारत सरकार तथा मैत्रीपूर्ण भारतीय जनताप्रति हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

नेपाल र भारतबीच गहिरो ऐतिहासिक तथा सभ्यतागत सम्बन्ध, घनिष्ठ जनस्तरीय सम्पर्क तथा बहुआयामिक साझेदारी रहेको उल्लेख गर्दै सन्देशमा उनले आगामी दिनमा नेपाल–भारतबीचको आत्मीय सम्बन्ध, मित्रता र आपसी सहकार्य अझ सुदृढ हुँदै जाने विश्वास व्यक्त गरे ।

नेपाल र भारतबिच शताब्दीयौँदेखि रहँदै आएको पारस्परिक सद्भाव, सांस्कृतिक निकटता र सहकार्यले दुई देशबिचको सम्बन्धलाई अझ मजबुत बनाएको उल्लेख गर्दै शुभकामना सन्देशमा साझा हितका क्षेत्रमा सहकार्य विस्तार हुँदै जाने अपेक्षा पनि मन्त्री खनालले गरेका छन् ।

कमेन्टहरु