समाज

प्रदेश प्रमुख देवकोटाद्वारा भीमफेदी कारागारको निरीक्षण

रासस
२०८३ साउन ३० | बिहान ०७:०४ बजे

बागमती । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज कारागार कार्यालय भीमफेदी¸ मकवानपुरको निरीक्षण गरेका छन् ।

सो अवसरमा उनले कारागारको भौतिक पूर्वाधार, कैदीबन्दीहरूको बसोबासको व्यवस्था एवम् स्वास्थ्य अवस्था, सुरक्षा व्यवस्थापन एवम् दैनिक उपभोग्य सुविधा लगायतका विषयमा जानकारी लिए ।

उनले कारागारको समग्र प्रशासनिक व्यवस्थापन र सुरक्षा स्थितिबारे चासो व्यक्त गर्दै आवश्यक सुधार र सहजीकरणका लागि प्रतिबद्धता व्यक्त गरे ।

प्रदेश प्रमुख देवकोटालाई सशस्त्र प्रहरी बल नेपाल¸ कारागार सुरक्षा बेस भीमफेदीका प्रहरी नायब निरीक्षक देवेन्द्रबहादुर सिंह एवम् कारागारका शाखा अधिकृत जीवन निरौला लगायतले स्वागत गरेका थिए ।

निरीक्षणका क्रममा कारागारका शाखा अधिकृत निरौलाले प्रदेश प्रमुखलाई कार्यालयको वर्तमान अवस्था तथा आइपरेका मुख्य चुनौती लगायतका विषयमा जानकारी गराएका थिए ।

कमेन्टहरु