दैलेख अस्पतालमा विशेषज्ञ सेवा

रासस


दैलेख । दैलेख जिल्ला अस्पतालले महिलाको उपचारमा विशेषज्ञ सेवा थप गरेको छ । गत शुक्रबारदेखि अस्पतालले पाठेघरको शल्यक्रिया, स्तन क्यान्सर तथा आङ खस्ने समस्याको विशेष सेवा थप गरेको हो।
साथै अस्पतालले १८ हप्तासम्मको सुरक्षित गर्भपतन सेवा र पाठेघरको मुखमा क्यान्सरको सुरुको चरणमा तातोले सेकेर निको पार्ने प्रविधिबाट उपचार सेवा पनि थप गरेको छ।
यसैबीच, स्वास्थ्य सेवा कार्यालय दैलेखको जिम्मेवारी सम्हालेपछि कार्यालयको प्रशासनिक काममा पारदर्शिता कायम गरिएको र अस्पतालभित्र फोहर व्यवस्थापनलगायत उचित प्रबन्ध मिलाइएको डा. विश्वकर्माले बताए।
म्याद नाघेका औषधिको उचित व्यवस्थापन गरिएको छ । अस्पतालमा दैनिक १० जनाभन्दा बढी महिला विशेषज्ञ सेवा लिन आउने गरेका छन्।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















