पत्रकार श्रेष्ठको पक्राउबारे नेपाली कांग्रेस : गैरकानुनी गिरफ्तारीको निन्दा गर्छौं

नवलपुर टुडे


काठमाडौं । नेपाली कांग्रेसले पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गरिएको भन्दै गैरकानुनी गिरफ्तारीको निन्दा गरेको छ । कांग्रेस प्रवक्ता देवराज चालिसेले दोषको निरुपण गर्ने न्यायिक प्रक्रिया हुँदाहुँदै त्रसित पार्ने उद्धेश्यले गरिएको दमनकारी व्यवहारको निन्दा गर्ने बताए ।
“जुन किसिमको धरपकड गरेको कुरा बाहिर आएको छ, दोषको निरुपण गर्ने न्यायिक प्रक्रिया हुन्छ, प्रेस काउन्सिल छ, कानुनसम्मत प्रक्रियाहरू छन् । त्यो प्रक्रियालाई पर राखेर, त्रसित पार्ने, नागरिक स्वत स्वतन्त्रता कुण्ठित पार्ने, प्रेसको घाँटी निमोठ्ने जुन किसिमको दमनकारी व्यवहार सत्ताबाट भएको छ, त्यो स्वीकार्य छैन,” उनले भने ।
यसले जनताको अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रतालाई हनन पुग्ने र जनताको वाणी अवरुद्ध हुने उनको भनाइ छ । “कांग्रेस हमेसा स्वतन्त्रताको पक्षमा उभिएको पार्टी भएको हुनाले वाक तथा प्रकाशन स्वतन्त्रताको पक्षमा बैठकले धारणा राखेको छ । गैरकानुनी गिरफ्तारीको निन्दा गर्दछौँ,” चालिसेले भने ।
यस्तै, कांग्रेसले सत्तारूढ सांसद खगेन्द्र सुनार र आईजीपीबीच बुधबार सार्वजनिक लेखा समितिमा भएको वादप्रतिवादबारे पनि ध्यानाकर्षण भएको जनाएको छ । प्रवक्ता चालिसेका अनुसार, बैठकमा सत्तारूढ सांसदबाट असंसदीय, अमर्यादित भाषा प्रयोग भएको र त्यसमा कांग्रेसका गम्भीर असहमति रहेको बताए ।
“सदनमा अमर्यादित र अशोभनीय भाषालाई न्यायिक निकायबाट निरुपण गर्नुपर्नेमा, जुन खालको व्यवहार देखिएको छ, त्यसले शोभा दिँदैन,” उनले भने । कांग्रेसले आफ्ना सांसदलाई लोकतन्त्रको उच्चतम मूल्यमान्यता र आचरण देखाउन निर्देशन दिएको पनि उनले बताए ।
यस्तै, रोल्पामा गएको पहिरोबाट मृत्यु भएकाप्रति गहिरो दुःख व्यक्त गर्दै बेपत्ताको खोजीकार्य छिटो गर्न र राहत उपलब्ध गराउन कांग्रेसले माग गरेको छ । गत आइतबारदेखि जारी केन्द्रीय समिति बैठक भने शुक्रबार पनि चल्ने चालिसेले जानकारी दिए ।

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त


अरुपनि पढ्नुहोस
सबै
तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने
















