घटना, लुम्बिनी प्रदेश

रोल्पा पहिरो अपडेटः ५ जनाको मृत्यु, २ घाइते, ८ जना बेपत्ताको पहिचान

नवलपुर टुडे
२०८३ साउन २८ | मध्यान्ह ०७:०४ बजे

रोल्पा । रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा ५ जनाको मृत्यु भएको छ भने ८ जना बेपत्ता भएका छन्। पहिरोमा परी मृत्यु हुनेमा थबाङ गाउँपालिका–५ का १८ वर्षीया शान्ती पुन मगर, ६० वर्षीय कमलबहादुर पुन मगर, ८० वर्षीया मनखना पुन मगर, ७५ वर्षीय दलबहादुर पुन मगर र ८५ वर्षीया हस्तकला रोका मगर रहेका छन्।

पहिरोमा परी २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय संजय घर्ती मगर घाइते भएका छन्। उनीहरूको उपचार भइरहेको जनाइएको छ ।त्यस्तै, पहिरोमा परी ४० वर्षीया जुनकुमारी पुन मगर, ९ वर्षीय अशिम पुन मगर, ६ वर्षीय अशोक पुन मगर, ७५ वर्षीय डलबहादुर पुन मगर, ८० वर्षीय अजम्बर पुन मगर, ७८ वर्षीय बलबहादुर पुन मगर, ७२ वर्षीय लिलबहादुर पुन मगर र ७१ वर्षीया मनि पुन मगर बेपत्ता भएका छन्।

अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिएपछि ठूलो मानवीय क्षति भएको हो। बेपत्ताको खोजी तथा उद्धारका लागि सुरक्षाकर्मी र स्थानीयवासी परिचालन गरिएको छ।

कमेन्टहरु