समाचार, समाज

विजयनगरमा उद्यमशीलता सम्बन्धी कार्यक्रम सम्पन्न

नन्द किशोर कुर्मी (लालु)
२०८३ साउन २८ | मध्यान्ह ०५:०४ बजे
तस्बिर : गौतम यादव

कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकामा फेडो (FEDO) र नवजीवन संस्थाको सहकार्यमा उद्यमशीलता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ।

बुधबार आयोजित कार्यक्रममा विजयनगर गाउँपालिकाका सहभागीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा उद्यमशीलता प्रवर्द्धन, सीप विकास तथा स्थानीय स्तरमा आयआर्जनका अवसर सिर्जना गर्ने विषयमा छलफल गरिएको थियो।

कार्यक्रमले स्थानीय समुदाय, विशेषगरी महिलाहरूलाई उद्यमशीलतामार्फत आर्थिक रूपमा आत्मनिर्भर बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा सहभागी महिलाहरू:

771854783 2131973994403672 4492672755319302379 n

कमेन्टहरु