दक्षिण कोरियाको इन्चोन विमानस्थल विश्वकै सबैभन्दा व्यस्त

एजेन्सी


सोल । बेलायतको लन्डनस्थित हिथ्रो विमानस्थललाई उछिन्दै दक्षिण कोरियाको इन्चोन अन्तर्राष्ट्रिय विमानस्थल विश्वकै सबैभन्दा व्यस्त विमानस्थल बनेको छ । यात्रु आवागमनका आधारमा पहिलो पटक इन्चोन विमानस्थल विश्वकै सबैभन्दा व्यस्त विमानस्थल बनेको हो ।
एयरपोर्ट काउन्सिल इन्टरनेसनल (एसीआई) को प्रारम्भिक तथ्यांकअनुसार सन् २०२६ को पहिलो ६ महिनामा इन्चोन विमानस्थलबाट ३ करोड ८४ लाख यात्रुले यात्रा गरेका छन् । सोही अवधिमा हिथ्रो विमानस्थलबाट ३ करोड ७७ लाख ९० हजार यात्रुले यात्रा गरेका छन् । तेस्रो स्थानमा सिंगापुरको चाङ्गी विमानस्थल रहेको छ । समीक्षा अवधिमा यो विमानस्थल भएर ३ करोड ४५ लाख ३० हजार यात्रुले यात्रा गरेका छन् ।
गत वर्षको सोही अवधिको तुलनामा इन्चोनका ट्रान्जिट यात्रुको सङ्ख्या १८ प्रतिशतले बढेको छ । युरोपलाई अन्तिम गन्तव्य बनाएका ट्रान्जिट यात्रु ६३.२ प्रतिशतले बढेर २ लाख १० हजार पुगेका छन् । सन् २००१ मा सञ्चालनमा आएको इन्चोन विमानस्थलले अहिले १५८ वटा अन्तर्राष्ट्रिय गन्तव्यमा सेवा दिइरहेको छ ।
यसको तुलनामा हङकङ अन्तर्राष्ट्रिय विमानस्थलले १३९, सांघाई पुडोङले ९२ र टोकियो नारिताले ८६ अन्तर्राष्ट्रिय गन्तव्यमा सेवा दिइरहेका छन् ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















