विवादित टापु क्षेत्रमा पुटिन गएपछि रिसायो जापान

एजेन्सी


टोकियो । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले जापान र रुसबिच लामो समयदेखि विवादमा रहेको कुरिल द्वीप समूहमध्येको एक द्वीप भ्रमण गरेपछि जापानले त्यसप्रति कडा विरोध गरेको छ । रुसी सरकारी सञ्चारमाध्यमका अनुसार पुटिनले बिहीबार इतुरुप द्वीपको भ्रमण गरेका थिए । भ्रमणका क्रममा पुटिनले द्वीपका स्थानीय बासिन्दासँग कुराकानी गर्नुका साथै माछाको अण्डाबाट बनेको परिकारको स्वाद लिएको रुसी सञ्चारमाध्यमले जनाएका छन् ।
जापानमा एतोरोफु भनेर चिनिने यो द्वीप कुरिल द्वीपसमूहका चारवटा दक्षिणी द्वीपमध्ये एउटा हो । यी द्विपहरू जापान र रुस दुवैले आफ्नो दाबी गर्दै आएका छन् । ती द्वीपहरू ऐतिहासिक रूपमा र अन्तर्राष्ट्रिय कानुनअनुसार जापानकै भूभाग भएको दाबी गर्दै पुटिनको भ्रमणप्रति जापान सरकारले कडा विरोध जनाएको जापानका विदेशमन्त्री तोसिमित्सु मोटेगीले बताए । दुवै देशबिच कुरिल द्वीपलाई लिएर दशकौँदेखि विवाद चलिरहेको छ । यही विवादका कारण दोस्रो विश्वयुद्धपछि रुस र जापानबिच औपचारिक शान्ति सन्धि पनि हुन सकेको छैन ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















