युक्रेनले गर्यो रुसको नोभोरोसिस्क बन्दरगाहमा आक्रमण

एजेन्सी


किभ । युक्रेनले कृष्ण सागर सीस्थित रुसको प्रमुख बन्दरगाह नोभोरोसिस्कमा व्यापक ड्रोन तथा क्षेप्यास्त्र आक्रमण गरेको छ । आक्रमणका क्रममा रुसका दुई प्रमुख अन्न निर्यात टर्मिनलमा क्षति पुगेको बताइएको छ । रुसी कृषि मन्त्रालयले वैकल्पिक बन्दरगाहमार्फत मालवाहक गतिविधि सञ्चालन गर्ने तयारी भइरहेको जनाएको छ ।
स्थानीय अधिकारीहरूका अनुसार बुधबार राति भएको आक्रमणमा एक जना आठ वर्षीय बालकसहित तीन जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन् । युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुसको कृष्ण सागरमा रहेको नौसैनिक आधारलाई लक्षित गरी रकेट, विमान तथा समुद्री ड्रोन प्रयोग गरेर विशेष अभियान सञ्चालन गरिएको बताएका छन् । उनले अन्न निर्यात गर्ने टर्मिनलमा भएको क्षतिको भने उल्लेख गरेनन् ।
यसैबिच, जेलेन्स्कीले युक्रेनलाई रुसी ब्यालिस्टिक क्षेप्यास्त्र रोक्न हाल अमेरिकासँग रहेको इन्टरसेप्टर क्षेप्यास्त्रको भण्डारको करिब १० प्रतिशत आवश्यक पर्ने बताएका छन् । उनका अनुसार गत वर्षको तुलनामा यस वर्ष युक्रेनसँग इन्टरसेप्टर क्षेप्यास्त्रको सङ्ख्या करिब दुई दशमलव पाँच गुणा कम छ, जबकि रुसले हरेक महिना प्रहार गर्ने ब्यालिस्टिक क्षेप्यास्त्रको सङ्ख्या पहिलेको तुलनामा दोब्बर भएको छ ।

कृषि, जडीबुटी तथा पशुधन बिमा कार्यान्वयनको जिम्मा प्रदेश सरकारलाई

राष्ट्रपति पौडेलसमक्ष सम्यक महादानको निमन्त्रणा

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त
अरुपनि पढ्नुहोस
सबै

तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी

सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

















