पाँच बोरा प्रतिबन्धित रातो जङ्गली च्याउसहित एकजना पक्राउ

नवलपुर टुडे


कर्णाली । जिल्ला प्रहरी कार्यालय सुर्खेतले पाँच बोरा प्रतिबन्धित रातो जङ्गली च्याउसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिँजा गाउँपालिका–५, जुम्ला घर भई हाल सुर्खेत बस्ने चन्द्राकली बुढा रहेका छन् । उनलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।
सुर्खेतबाट नेपालगञ्जतर्फ जाँदै गरेको एउटा बसलाई स्थानीय सुब्बाकुना चेकपोस्टमा जाँच गर्ने क्रममा बसमा रातो जङ्गली च्याउ फेला परेको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहोराका अनुसार बसको डिक्कीमा लुकाईछिपाई राखिएको अवस्थामा पाँच बोरा रातो जङ्गली च्याउ फेला परेको थियो ।
च्याउको तौल ७४ केजी रहेको प्रहरी नायब उपरीक्षक बोहोराले जानकारी दिनुभयो । पक्राउ परेकी बुढामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पाँचौँ मंका: खलः चेसमा रुपेश जैसवाल विजयी

त्रिनेत्र माध्यमिक विद्यालयद्वारा दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त



तेहरानमा दुई ट्याङ्कर र एक पानी जहाजमा आगलागी भएको इरानको दावी
अरुपनि पढ्नुहोस
सबै
सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्न जनशक्ति उत्पादन गर्दै सरकार

प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने

वायु प्रदूषण जोखिम कम गर्न कामपाको आग्रह
















